सामाखुसशीमा बाढीले बगाउँदा बालक बेपत्ता, खोजि जारी

सामाखुसशीमा बाढीले बगाउँदा बालक बेपत्ता, खोजि जारी
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको सामाखुसशीमा बाढीले बगाउँदा एकजना बालक बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको छ ।  काठमाडौँ महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ  १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिए।

सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए । मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

रासस
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.