मनसुनी वायुको प्रभाव : भारी वर्षा, ४ नदीले पार गरे खतराको तह

मनसुनी वायुको प्रभाव : भारी वर्षा, ४ नदीले पार गरे खतराको तह

काठमाडौं : नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिन भारी वर्षाको सम्भावना रहेको छ।

हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मेघ गर्जनसहित मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यका लगायतका स्थानमा पनि भारी वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा मकवानपुर, चितवन,तनहुँ, नवलपरासी,पाल्पा, रूपन्देही, कपिलवस्तु,दाङ, प्यूठान, बर्दिया, कैलाली आसपास भारी बर्षा मापन गरिएको छ। उक्त जिल्लाका साना खहरे खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले राजमार्ग अवरूद्ध हुन सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।

हाल नारायणी, बबई, राप्ती र गण्डकीले खतराको तह पार गर्न लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, लुम्बिनी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ।

बुधबार बागमती, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार बिहीबार पनि देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.