अविरल वर्षाका कारण दाङमा १६ घर डुबे, एक घर भत्कियो

अविरल वर्षाका कारण दाङमा १६ घर डुबे, एक घर भत्कियो

काठमाडौं : अविरल वर्षाका कारण दाङको लमही नगरपालिका गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा १६ घर डुवानमा परेका छन् भने एक घर भत्किएको छ।

राजपुर गाउँपालिका-२ कि पुष्पा नेपालीको घर भत्किएपछि उनको परिवारलाई छिमेकी ग्वाते कुमालको घरमा सारिएको दाङ प्रहरीले जनाएको छ।

घरहरू डुवानमा परेको खबर पाएपछि पुगेको प्रहरीले नागरिकहरूको उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ। त्यसैगरी खहरे खोलाहरूमा आएको बाढीका कारण गढवा कालाकाँटे हुलाकी सडक खण्ड अवरुद्ध भएको छ। 

पालिकाको सहयोगमा डोजरहरूको प्रयोग गरेर बाढीसँगै आएको पहिरो तथा लेदो हटाउने काम सुरु भएको प्रहरीले जनाएको छ।

त्यस्तै तुलसीपुर देखी घोराही आउँदै गरेको स्कारपियो तुलसीपुर-१४ मा पर्ने स्थानीय खोलामा आएको बाढीले बगाएको छ। गाडीमा चालक मात्रै रहेको र चालकको उद्धार गरिएको पनि प्रहरी जनाएको छ।

लगातारको वर्षाले राप्ती नदी र बबै नदीमा बाढी आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय दाङले बिहानै नदी तटका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.