पाल्पाका लम्पी स्किन रोग विरुद्धको खोप लगाइँदै
तानसेन : पाल्पामा लम्पी स्किन रोग विरुद्धको खोप लगाउन सुरु गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले पशुचौपायामा खोप लगाउन सुरु गरेको हो। पहिलो चरणमा दुई हजार गाई भैसी र गोरु राँगामा यो खोप लगाउन सुरु भएको कार्यालयले जनाएको छ।
कार्यालयले स्थानीय तहका पशु शाखा कार्यालयमार्फत पशु प्राविधिकको सहयोगमा उन्नत जातका गाई, भैँसीमा खोप लगाउँदै आएको छ। हालसम्म ९ सय पशु चौपायामा खोप लगाएको पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गाप्रसाद खनालले बताए।
गत फागुनदेखि हालसम्म लम्की स्किन रोगबाट करिब ६ हजार ५ सय पशु चौपाया बिरामी भएका छन्। जसमा ३ सय पशु मरेका छन्। लम्की स्किन विरुद्धको खोप बढी मात्रामा माग गरे पनि देशभरी वितरण गर्नुपर्ने अवस्था रहेकोले अर्को चरणमा आवश्यक मात्रामा खोप आउने कार्यालय प्रमुख खनालले बताए।
महामारीका रूपमा फैलिन नदिन खोप अभियानलाई तीव्रता दिएको कार्यालयका पशु चिकित्सक डा. नवीन बस्यालले बताए।
प्रतिक्रिया दिनुहोस !