हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी

हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी

मुगु : गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन्। 

जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौँ रकम भित्र्याएका हुन्।

देशभर आर्थिक मन्दी भइरहँदा मुगालहरूले भने गाउँमा करोडौं रकम भित्र्याई रहेका छन्। गत जेठ ५ गते मुगुका दुई दर्जनभन्दा बढी पाटनमा यार्सा संकलनका लागि मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश अनुमति खुल्ला गरेको थियो। 

यस वर्ष पाटन तथा हिमालमा यार्सा टिप्न जिल्लाका स्थानीयका साथै दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, कालीकोट, हुम्ला, मनाङ, मुस्ताङ, बाजुराबाट पनि संकलनहरू आएको यार्सा संकलन छोर्तेन लामाले बताए।  

उनका अनुसार वर्षाको समय भएकाले पानी र हिउँका कारण यार्सा पाइएको थिएन। असार ५ गतेपछि मौसममा सुधार आएकाले पर्याप्त यार्सा पाइएको उनको भनाइ थियो।

छायाँनाथ रारा नगरपालिका–१२ लुम्सका कम्वर ऐडीले यार्सा टिप्न पाटन गएका भाइबुहारीले मात्र २५ दिनमा यार्सा बेचेरसाढे चार लाख आम्दानी गरेका बताए। 

गाउँभरिका यार्सा टिप्न जाने प्रत्येकले दुई लाखबढी आम्दानी गरेका भन्दै यस वर्ष लुम्स गाउँमा मात्रै ३० देखि ५० लाखसम्म रकम भित्रिएको उनले अनुमान गरे। वडा नं १२ शोभा गाउँका स्थानीय गणेशबहादुर सावतका अनुसार यार्सा बेचेर गाउँमा एक करोडभन्दा बढी आम्दानी भएको छ। 

उनका अनुसार मुगालीहरू वर्षभरि खान र वार्षिक आवश्यकताका लागि खर्चको जोहो एक महिना यार्सा टिपेर बेचेको पैसाबाट गर्दै आएका छन्। 

आम्दानी हुने भएकाले यस मौसममा यहाँका स्थानीय अन्य काम छोडेर यार्सा टिप्न पाटनहरूमा पुग्ने गर्दछन्। यार्सा व्यापारी पाटनमै पुगेर यार्सा संकलनसँग यार्सा खरिद गर्ने भएकाले यार्सा बिक्री गर्न संकलनलाई बजारको समस्या हुँदैन। पाटनमै टिप्ने उतै बेच्ने पैसामात्र घर ल्याउने गर्दछन्। 

पाटनमा यार्सा व्यापारीले खाल्वा (ठूलो, राम्रो) यार्सालाई प्रतिबुटी आठ सय र मध्यमलाई प्रतिबुटी चार सय ५० सम्म दिएका सावतले बताए। उनकाअनुसार खाल्वा यार्सा एक केजी पुग्न तीन हजार दुई सय बुटी र मध्यम यार्सा एक केजी पुग्न चार हजारदेखि ४२ सय बुटी आवश्यक पर्दछ।

यार्सा बेचेर मुगुम कार्मारोङ्ग गाउँपालिकाका सबै बस्ती तथा छायाँनाथ रारा नगरपालिकाका केही बस्तीमा सबैभन्दा बढी रकम भित्रिएको यार्सा संकलन बताउँछन्। त्यस्तै, मह गाउँमा मात्रै चार करोडभन्दा बढी रकम भित्रिएको स्थानीय बताउँछन्।

माग्री, पाँपु, छाइल, चिमात, दाउरा, सेरोग, कार्ति, किम्री, डोल्फु, पुअ, मुगु, ताखा, खारी गाउँमा ५० लाखदेखि एक करोडसम्म रकम भित्रिएको मुगु गाउँका स्थानीय छोर्तेन लामाले जानकारी दिए। 

उनका अनुसार मुगु गाउँमा मात्रै तीन करोडभन्दा बढी रकम भित्रिएको छ। नगरपालिका भित्रका तल्लेख, झाकोट, बालचौर, रोवा, सोभा, लुम्स, घटटलेख, जिउला, र्‍याङ्गच्याकाटी, थार्प, लुम, बाम, तिर्प, लह, लापुँ गाउँका स्थानीय पनि यार्सा बेचेर मनग्य आम्दानी गरेका छन्।

मुगुम कार्मारोङ्गस्थित पुअ गाउँका छेवाङ्ग लामाका छोराबुहारीसहित चार जनाले यार्सा बेचेर २१ लाख कमाएका छन्। यो सिजनमा एक करोडभन्दा बढी रकम यार्सा बेचेर गाउँमा भित्र्याएको उनले जानकारी दिए। 

मुगुका माजिङ्ग थान, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, टाँके, रिमाड, हङ्गदङ्ग खोला, च्यार्कुलेख, छुमुरु, छुङ्गडुङ्ग, भावर खोला, असी पाटन, नयाँ वन, टाङ्गवाक, झोवा लेख, वाङ्गरी रमाना, धोवार खोला, च्याङ्गजी लगाएर दुई दर्जनभन्दा बढी पाटनहरूमा यार्सागुम्बा पाइन्छ। 

प्रत्येक वर्ष यार्सा टिप्न जाँदा हिउँ पहिरामा परेर, लेक लागेर र अन्य बिमारी भएर, लुटेरा संकलनबीच झडप हुँदा ज्यानसम्म गुमाउनुपर्ने अवस्था आउने तामाङले बताए। यस वर्ष मात्रै पाटनमा हिउँपहिरा परेर, नदीमा खसेर र बिरामी परेर पाँच जनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ।

यार्सा टिप्न पाटन जानेसँगबाट प्रवेश शुल्कबापत गाउँपालिकाले ४५ लाखसम्म राजस्व उठ्ने गरेको मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.