लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ गरेको छ। मोरङ,दाङ,कञ्चनपुर,मकवानपुर,बाँकेलगायत स्थानबाट ठूलो परिमाणको लागुऔषधसहित १८ जनालाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

मोरङ: रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्रामसहित भारत अररिया मज्ररक पञ्चायत-१ बौकामज्रक बस्ने ७० वर्षीय भल्लु पासवानलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

दाङ : घोराही उपमहानगरपालिका-१४ तिनकुने चोक सिर्जनशील टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१४ घर भएका अर्जुन पुन समेत ३ जनालाई अवैध लागुऔषध गाँजा ५ किलो १ सय ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।  विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पुनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

कञ्चनपुर : भिमदत्त नगरपालिका-११ होल्डिङ सेन्टरबाट अवैध लागुऔषध खैरो हेरोइन २ ग्राम ९३ मिलिग्राम र चरेश २८ मिलिग्रामसहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-७ बस्ने २१ वर्षीय भरत बम, सोही ठाउँ बस्ने ३३ वर्षीय बिशाल गुरुङ, भिमदत्त नगरपालिका-१२ बस्ने १८ वर्षीया किशोरी र डडेलधुरा पर्शुराम नगरपालिका(१२ जोगबुढा बस्ने ३१ वर्षीय लक्ष्मण कामी रहेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो । 

कवानपुर : हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागुऔषध गाँजा ३ किलो ५ सय ग्रामसहित बारा निजगढ नगरपालिका-१ पटिहारी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङको प्रहरीले बा।प्र०३-००१ ख २७६२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

बाँके : नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका-१४ हवल्दारपुर बस्ने २७ वर्षीय शैलेन्द्र कुमार गुभाजुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सुनसरी : धरान उपमहानगरपालिका-८ सभागृह मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय साजन बिश्वकर्मा समेत ५ जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो । 

कैलाली : गोदावरी नगरपालिका-८ स्याउले बजारमा चम्फा ट्याक्टरको पार्टपुर्जाको पसल गरी बस्ने धनगढी उपमहानगरपालिका-५ हसनपुर घर भएका ३२ वर्षीय शरद चौधरी र सोही बजारमा फेन्सी स्टोर पसल गरी बस्ने ३२ वर्षीय मधुसुदन पन्तलाई अवैध लागुऔषध खैरो हेरोइनसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले चौधरीलाई ६ ग्राम ७ सय ९० मिलिग्राम र पन्तलाई २ सय ४० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-५ सत्कार चोकबाट सोही उपमहानगरपालिका-४ बस्ने ३५ वर्षीय भरत चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ९० मिलिग्रामसहित बिहीबार राति जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

सिरहा : औरही गाउँपालिका-५ दश गजाबाट अवैध लागुऔषध गाँजा करिब १२ किलो बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी औरहीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको एकजना अपरिचित व्यक्तिले झोला फाली फरार भएपछि प्रहरीले झोला तलासी गर्दा उक्त गाँजा फेला पारेको हो ।  

सबै घटनाबारे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.