ट्रकको ठक्करबाट सीटी सफारी चालकको मृत्यु
![ट्रकको ठक्करबाट सीटी सफारी चालकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/dead_20190729113216_LxFUisLYuD_8xDgvpAv3f.jpg)
विराटनगर : पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–३ मा शुक्रबार साँझ ट्रकको ठक्करबाट सीटी सफारी चालकको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६७१० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको सुन्दरहरैँचा नगरपालिका ११४३ नम्बरको सीटी सफारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दुर्घटनामा सफारी चालक सुन्दरहरैँचा–११ का अन्दाजी ५० वर्षीय धर्मराज थापाको मृत्यु भएको छ।
साँझ ६ः४५ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका थापालाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपु¥याउनसाथ चिकित्सकले साँझ ७ः५० बजेतिर मृत घोषित गरेका हुन्।
दुर्घटनामा सफारीको पछाडि सवार सुन्दरहरैँचा–११ का अन्दाजी ४० वर्षीय कर्णवीर तामाङ घाइते भएका छन्। सामान्य अवस्थाका उनको बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
ट्रक र चालक मोरङको उर्लाबारी नगरपालिका–४ का ४६ वर्षीय सोमबहादुर घलानलाई दुर्घटनालगत्तै प्रहरीले पक्राउ गरेको छ। सफारीको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सफारी चालकसँग लाइसेन्स (सवारी चालक अनुमति पत्र) पनि नभएको पाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)