एमालेले गठन गर्यो नगर सभादल
![एमालेले गठन गर्यो नगर सभादल](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_rmkZhJ85Hf_3nsbDUy883.jpg)
सिन्धुली : नेकपा एमाले सिन्धुलीले पहिलो पटक कमलामाई नगरपालिकामा नगर सभादल गठन गरेको छ। २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरूको नगर सभादल गठन गरेको हो।
एमालेले कमलामाई नगरपालिकाकी उपमेयर मन्जु देवकोटाको संयोजकत्वमा ४६ सदस्यीय नगरसभा दल गठन गरिएको हो। नेकपा एमाले कमलामाई नगर कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठका अनुसार नगर सभा दलको उपसंयोजक केशर बहादुर कार्की र प्रवक्तामा रामबहादुर थिङ चयन भएका छन्।
अन्य सदस्यहरूमा एमालेबाट नगरपालिकाका निर्वाचित नगर कार्यपालिका तथा वडा अध्यक्ष तथा वडा सदस्यहरू रहने छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)