मोरङमा भारतीय मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
![मोरङमा भारतीय मोटरसाइकल दुर्घटना, चालकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/dead_20190729113216_LxFUisLYuD_m41bEEyFpr.jpg)
विराटनगर : मोरङको धनपालथान गाउँपालिका–४ मा शनिबार राति भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
अनियन्त्रित बनेको मोटरसाइकल सडक छेउको पिपलको रुखमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–२ का ३५ वर्षीय सीताराम मण्डलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले राति १० बजेतिर मृत घोषित गरेका हुन् ।
तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)