जिल्ला प्रशासनमा निर्माण व्यवसायीको धर्ना
डडेल्धुरा : डडेल्धुरा जिल्लाका निर्माण व्यवसायी आन्दोलित भएका छन्।
आफूहरूले उठाएका माग पूरा गराउनका लागि निर्माण व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन्।
काम गरे वापतको रकम भुक्तानी गरिनुपर्ने, ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, ठेक्काको मूल्य समायोजन गरिनुपर्ने लगायतका माग रहेको निर्माण व्यवसायी संघ डडेल्धुराका अध्यक्ष भवानीदत्त अवस्थीले जानकारी दिए।