लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छबि भएका धर्मगुरु नियुक्ति गर्न माग

लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छबि भएका धर्मगुरु नियुक्ति गर्न माग
सुन्नुहोस्

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छबि भएको, कुनै फौजदारी मुद्दा र विवादमा नमुछिएका धर्म गुरुलाई नियुक्ति गर्न बौद्ध धर्ममार्गीहरूले सरकारको ध्यानाकाषर्ण गराएका छन्। 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले राजनीतिक पहुँचको आधारमा लुम्बिनी विकास कोषको उपाध्यक्ष र अन्य कर्मचारी नियुक्ति नगर्न सरकारको ध्यानाकार्षण गराएका हुन्। लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त रहेको छ। 

कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था रहेको छ भने कार्यकारी उपाध्यक्ष रहने व्यवस्था छ। पत्रकार सम्मेलनमा तामाङ बौद्ध महासंघ नेपालका महासचिव टेकराज मोक्तानले लाखौंलाख बुद्धका शिष्यहरू हुँदा पनि सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा खल्तीको मान्छे नियुक्ति गर्न लागेको भन्दै आपत्ति जनाए। कोषको उपाध्यक्ष र कर्मचारी नियुक्ति गर्दा सरकारले बु्द्धको अनुयायी, कुनै पनि राजनीतिक दलमा नमुछिएको र कुनै पनि फौजदारी कसुर नलागेको र फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति नियुक्त गर्नुपर्ने उनको भनाइ छ। 

हिजोका दिनमा राज्यलाई बदनाम गरेका र मुद्दा चलेका व्यक्तिहरू नियुक्तिको खण्डमा सिंगो बौद्धमार्गीहरूलाई लुम्बिनीमा उतार्ने उनको चेतावनी छ। त्यस्तै नेपाल बौद्ध महासंघका पूर्व सदस्य तथा शान्ति विद्यालयका प्रमुख धर्मगुरु पासङ तोक्बा लामाले राजनीतिक दलका शीर्ष नेताहरूले लुम्बिनी विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाएको आरोप लगाए। उनले राजनीतिक दलहरु आफन्त भर्ती गर्ने, आफन्तलाई बचाउने, अर्कोलाई सिध्याउने, गरिबलाई थिच्नेलगायतका काममा नै रमाइरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.