तस्करी नियन्त्रण गर्न तीन जिल्लामा थप प्रहरी परिचालन

तस्करी नियन्त्रण गर्न तीन जिल्लामा थप प्रहरी परिचालन
फाइल तस्बिर।
सुन्नुहोस्

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशको तीन जिल्लामा एक सय १० जना प्रहरी थपेको जनाएको छ।  खुल्ला  सीमाका कारण बढेको चोरी तस्करी नियन्त्रण गर्न भारतसँग जोडिएको  सुनसरीमा ५० जना, मोरङमा ३०  र झापामा ३० जना प्रहरी खटाइएको जनाएको छ।

विराटनगर : चोरी तस्करी नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले सीमा क्षेत्रमा थप प्रहरी परिचालन गरेको छ। भारतसँग जोडिएको कोशी प्रदेशको तीन जिल्लामा प्रदेश प्रहरी कार्यालयले प्रहरी थपेको हो। 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशको तीन जिल्लामा एक सय १० जना प्रहरी थपेको जनाएको छ।  खुल्ला  सीमाका कारण बढेको चोरी तस्करी नियन्त्रण गर्न भारतसँग जोडिएको  सुनसरीमा ५० जना, मोरङमा ३०  र झापामा ३० जना प्रहरी खटाइएको जनाएको छ। 

कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी जयराज सापकोटाले सीमा क्षेत्रबाट हुने गरेको चोरी तस्करी रोक्न प्रदेश प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरेको जानकारी दिए । उनका अनुसार खटिएको नेपाल प्रहरीले जनशक्ति अभावमा सोचे अनुसार काम गर्न नसकेकाले थपेर कडाइ गर्न लागेको जानकारी दिए । 'हिजैबाट परिचालन भएको छ',  उनले भने, 'आज अनुगमन गर्दे आएका छौं ।'

सापकोटाको नेतृत्वमा रहेको टोलीलाई झनै कडाइ गरेर चोरी तस्करी रोक्न निर्देशन समेत दिएको बताए।   मटेर्वामा अनुगमन गर्दे घरायसी प्रयोजनको लागि लगिने समान लचकता देखाउँदै तस्करी गर्नेलाई नछोड्न निर्देशन समेत दिए ।  

प्रदेश प्रहरी कार्यालयले  मटेर्वा र इप्रका लगायतका प्रदेश प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरेको बताइको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.