हतकडीसहित फरार भएका व्यक्ति निजगढबाट पक्राउ

हतकडीसहित फरार भएका व्यक्ति निजगढबाट पक्राउ

सिमराः हतकडीसहित फरार भएका जीतपुरसिमरा उपमहानगरपालिका-१६ टांगियाबस्तीका सागर लामालाई प्रहरीले बिहीबार साँझ निजगढबाट नियन्त्रणमा लिएको छ। 

साउन १६ गते टांगियाबस्तीस्थित घरबाट हतियारसहित पक्राउ परेको केही समयमै फरार भएका ३५ वर्षीय लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार लामा आत्मसमर्पण गर्नका लागि निजगढ पुगेका थिए। सोही क्रममा प्रहरीले निजगढबाट उनलाई नियन्त्रणमा लिएको हो। 

हतकडीसहित फरार रहेका लामालाई गोली हानेर नियन्त्रणमा लिन आदेश दिएपछि परिवारका सदस्य लामाको आत्मसमर्पणका लागि राजी भएको र सोही अनुसार निजगढ पुगेको प्रहरी उपरीक्षक बोगटीको भनाइ छ। 

लामालाई नियन्त्रणमा लिँदा हतकडी काटेको अवस्थामा रहेको बोगटीले जानकारी दिए। हतकडीसहित फरार भएका लामालाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय बाराले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको थियो। 

वन्यजन्तु चोरीशिकारीमा संलग्न रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढको टोलीले लामालाई टांगियाबस्तीस्थित उनकै घरबाट दुई राउण्ड गोली लोड भएको भरुवा बन्दुक र बाघको दाँत, रौं, नंग्रा जस्तो देखिने वस्तुसहित नियन्त्रणमा लिएको थियो। 

लामालाई नियन्त्रणमा लिने लिएर फर्कने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरे पनि उनि हतकडीसहित फरार भएका थिए। प्रहरीको बाटो छेकेर स्थानीयले ढुंगा प्रहार गर्न थालेपछि लामा उम्किन सफल भएका थिए। सो क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो भने प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर समेत गरेको थियो। 

स्थानीयसँग झडप हुँदा इलाका प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बलराम गिरी सामान्य घाइते भएका थिए। उनीहरूको शरीरमा चोट लाग्नुका साथै प्रहरी पोशाक च्यातिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.