सिन्धुलीमा लागुऔषधसहित गिरोह पक्राउ

सिन्धुलीमा लागुऔषधसहित गिरोह पक्राउ
सुन्नुहोस्

सिन्धुली : सिन्धुली प्रहरीले ठूलो परिमाण लागुऔषधसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भिमानको प्रहरी गस्ती टोलीले चेकजाँचका क्रममा पाँचवटा मोटरसाइकल र पाँचजनालई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । 

प्रहरीले महोत्तरीको बर्दिवासबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश २–०२–००४ प ६७४६ को मोटरसाइकलसहित कमलामाई नगरपालिका ६ रातमाटा बस्ने वर्ष ३० को रोहित थापा,कमलामाई नगरपालिका १२ घर भई हाल कनपा ७ माझिटारमा कोठा गरी बस्ने  २७ वर्षीय अम्मर भन्ने चुक्तबहादुर राउतलाई पक्राउ गरेको छ । 

उनीहरूको साथबाट एक्सप्लोन १०० एमएलको २ बोतल र नाइट्राभेट १० लेखिएको ४ पत्ता लागुऔषध नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए । यस्तै बागमती प्रदेश ०२–०३७ प ५७२१ नम्बरको मोटरसाइकलसहित कमलामाई नगरपालिका ५ मधुटार बस्ने ३१ को बिनोद कुमार दियालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

‘बा ६७ प ६३४१ नम्बरको मोटरसाइकलसहित  भिमेश्वर नगरपालिका ५ दोलखा बस्ने वर्ष २१ को ईश्वर गजुरेललाई पनि प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ । उनले ५८ पिस नाइट्राभेट दश लेखिएको ट्याबलेट नियन्त्रणमा लिइएको छ,’दाहालले भने । 

मधेश प्रदेश नं ०२–००७ प १४५  नम्बरको मोटरसाइकल चालक साविक कर्जन्हा गाविस १ सिराहा जिल्ला घरभइ हाल कमलामाई नगरपालिका ६ सिन्धुली बस्ने २७ वर्षीय गणेश ठाकुरलाई २ सय मिलिलिटरको एक्सप्लोनसहित प्रहरीले नियन्त्रणमा लिएको हो । 

मधेश प्रदेश ०२–००७ प ९६५ नम्बरको मोटरसाइकल र चालक जनकपुर उपमहानगरपालिका ४ धनुषा बस्ने २७ वर्षीय आनन्द नाम बताउने उमेश कुमार मुखियालाई गाँजा र नाइट्रभेटसहित प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.