प्रहरीसँग आत्मसमर्पण गरेका वडाध्यक्ष धरौटीमा रिहा

प्रहरीसँग आत्मसमर्पण गरेका वडाध्यक्ष धरौटीमा रिहा
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ का वडाध्यक्ष दौलत कुमार कार्कीलाई जिल्ला अदालत सिन्धुलीले धरौटी लिएर रिहा गर्न आदेश दिएको छ। 

जिल्ला अदालत सिन्धुलीमा भएको थुनछेक बहसपछि न्यायाधीश उपेन्द्र प्रसाद गौतमको इजलासले आरोपित वडाध्यक्ष कार्कीलाई २५ हजार धरौटी लिई तारिखमा छाड्न आदेश दिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेललाई अभद्र व्यवहार गरेको आरोप लागेका उनले आइतबार आत्मसमर्पण गरेका थिए। 

वडाध्यक्ष कार्कीले गत असार १४ गते गाउँपरिषद चलिरहेका बेला पौडेलमाथि अभद्र व्यहार गरेको आरोप लगाइएको थियो। वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गत असार १४ गते प्रमुख प्रशासकीय अधिकृत पौडेलले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए। 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले असार १५ गते कार्की विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। ​​​​​​​वडाध्यक्ष कार्कीले भने आफूले कुनै अभद्र व्यवहार नगरेको दावी गर्दै आएका थिए। उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.