काठमाडौं उपत्यकाका नदीसहित बबई, कमला, नारायणी, कोसीमा बाढी : उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकाका नदीसहित बबई, कमला, नारायणी, कोसीमा बाढी : उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : देशका विभिन्न नदीले जल सतहले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले गएरातिबाट भारी वर्षा हुँदा जल सतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। 

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, मनोहरा, हनुमन्ते लगायतका खोलाको जलसतह उच्च रहेकाले नदी तटिय क्षेत्रमा आज दिउँसो सम्म उच्च सतर्कता महाशाखाले सूचित गरेको छ।

नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौं उपत्यकाका कपन, सामाखुसी राधेराधे लगायतका कतिपय स्थानमा सडक, घर र पसलमा बाढी पसेको छ। काभ्रेको पुतलीबजार पनि डुबानमा परेको छ।

यसैगरी बाढी पूर्वानुमान महाशाखाले बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह (६.८) मिटर पार गरेको र बढ्दो रहेको, बर्दियाको बबई तटीय क्षेत्रमा  हुनेहरू दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.