सिन्धुलीमा कमला नदीको बाढीले खतरा तह पार गर्‍यो

सिन्धुलीमा कमला नदीको बाढीले खतरा तह पार गर्‍यो
सुन्नुहोस्

सिन्धुली : सोमबार बेलुकादेखि लगातार परेको वर्षाको कारण कमला नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । कमलामाई नगरपालिका- १४ रानिवासमा रहेको जलमापन केन्द्रका अनुसार कमला नदीमा अहिले तीन मिटर ३० सेन्टिमिटर बाढी पुगेको छ । 

जलमापन केन्द्रकी सीता पौडेलका अनुसार केन्द्रले मंगलबार बिहान ३ बजेको मापन अनुसार तीन मिटर ३० सेन्टिमिटर पुगेको हो । कमला नदीमा तीन मिटरसम्मको तहलाई खतरा मानिएको छ। नदीमा बाढीले खतराको तह पार गरेपछि कमलामाई नगरपालिका र दुधौली नगरपालिका जोखिममा परेको छ । कमलामाई नगरपालिकाको १३ र १४ को माथ्लो रानिवास र तल्लाो रानिवास, दुधौलीको निपाने, हत्पते, डकाहा, हर्षाही, टाँडी, दुधौली लगायतका क्षेत्र बाढीको उच्च जोखिममा परेका छन् ।

नदीले खेत कटान समेत गरिरहेको छ। डुबान हुने क्षेत्रमा उच्च सर्तकता अपनाउन सिन्धुली प्रशासनले अनुरोध गरेको छ ।

यस्तै हरिहरपुरगढी गाउँपालिका- ३ को गुर्जी लगायतका क्षेत्रमा डुवान तथा कटान सुरू भएको छ । बागमती नदीमा आएको बाढीले खेति योग्य जमिन कटान गर्न थालेको गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईवाले बताए । तिनपाटनमा चँदाहा खोलाले पनि बेलघारी र भिमस्थानमा खेत कटान सुरू गरेको बताइएको छ ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.