विद्युत सर्ट भइ आगलागी हुँदा १२ लाखको सामान नष्ट
गौशाला (महोत्तरी) : महोत्तरीको गौशालामा रहेको एक पसलमा आगलागी हुँदा १२ लाख मूल्य बराबरको क्षति भएको छ । मंगलबार राति गौशाला बजारमा सञ्चालित हिमालय अपसेट प्रेसमा अचानक विद्युत सर्ट भइ आगलागी हुँदा सो रकम बराबरको क्षति भएको हो ।
इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार आगलगीबाट पसलमा राखिएको छपाई गर्ने मेसिन, कागज, तयार भएको सामग्री गरी १२ लाखको क्षति भएको हो ।
सञ्चालक चन्दन साहका अनुसार रातिदेखि नै बिजुली अवरुद्ध रहेको र बिहान एक्कासी बत्ती आउँदा आगलगी भएको हो ।
पसलभित्र आगो लागेको खबर थाहा पाएलगतै प्रहरीको टोली र स्थानीयको सहायताले आगो तत्कालै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।
प्रतिक्रिया दिनुहोस !