आँखा पाक्ने प्रकोप, जाजरकोटमा ३ दिन विद्यालय बन्द

आँखा पाक्ने प्रकोप, जाजरकोटमा ३ दिन विद्यालय बन्द
आँखा पाक्ने समस्या देखिएपछि बन्द भएको सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालय। राजेन्द्र कार्की
सुन्नुहोस्

जाजरकोट : आँखा पाक्ने (कन्जन्टिभाइटिस एनिडो भाइरस) रोगको प्रकोप बढेपछि जाजरकोटका विद्यालय बन्द भएका छन्। आँखा पाक्ने रोगका कारण विद्यार्थी अनुपस्थित हुन थालेपछि बुधबारदेखि शुक्रबारसम्मका लागि विद्यालय बन्द गरिएको त्रिभुवन माध्यमिक विद्यालय खलंगाका प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए।

उनले संक्रमण तीव्र गतिमा फैलिएको र संक्रमित बालबालिकाबाट अन्य विद्यार्थीमा पनि सर्ने खतरा देखिएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको बताए। नगरपालिकासँग समन्वय गरेर विद्यालय बन्द गरिएको उनले बताए। आँखा चिलाउने, रातो हुने, सुन्निने र अन्तमा पाक्ने समस्या देखिने गरेको छ। भेरी नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत १०–१५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको  छ। 

समुदायमासमेत आँखा पाक्ने रोगको प्रकोप फैलिन थालेको नेपाल रेडक्रस सोसाईटी आँखा उपचार केन्द्र जाजरकोटका इन्चार्ज प्रदीप जंग शाहले बताए। दैनिक ५०÷६० जना आँखा पाक्ने (कन्जन्टिभाइटिस एनिडो भाइरस) रोगका विरामी उपचारका लागि आउने गरेको उनले बताए। भिडभाडमा नजान, घरमै बस्न र आँखामा संक्रमण देखिए मनतातो पानीले सफा गर्न  उनले आग्रह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.