धरानमा डेंगुको महामारी,११ को मृत्यु

धरानमा डेंगुको महामारी,११ को मृत्यु
धरान–१३ को वडा कार्यालयमा डेंगु संक्रमितको निःशुल्क उपचार गरिँदै स्वास्थ्यकर्मी। रत्नप्रसाद आचार्य
सुन्नुहोस्

दैनिक संक्रमित हुनेको संख्या नरोकिएपछि रोगको संक्रमण नियन्त्रण बाहिर छ। सुनसरीको इटहरी, रामधुनी र इनरुवामासमेत डेंगु संक्रमण फैलिएको छ।

धरान : सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु रोगको संक्रमणले भयाभह अवस्था सिर्जना भएको छ। धरानमा डेंगुकै कारण ११ जनाले ज्यान गुमाइसकेका छन्। दैनिक संक्रमित हुनेको संख्या नरोकिएपछि रोगको संक्रमण नियन्त्रण बाहिर छ। सुनसरीको इटहरी, रामधुनी र इनरुवामासमेत डेंगु संक्रमण फैलिएको छ। यहाँ धरानमा जस्तो भयाभहस्थित भने छैन। 

डेंगु संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल र निजी मेडिकलहरू बिरामीले खचाखच भरिएका छन्। अस्पतालमा समेत बेड अभाव हुन थालेपछि धरान–१३ वडा कार्यालय र सुनसरी एदोग वाणिज्य संघले डेंगु संक्रमितहरूको छुट्टै निःशुल्क उपचार सेवा सुचारु गरेका छन्। 

वडाअध्यक्ष नेत्र काफ्लेले बिरामीले अस्पताल भरिभराउ भएपछि वडावासीको उपचारलाई मध्यनजर गर्दे वडा कार्यालयमै उपचार सेवा सुचारु गरिएको बताए। सुनसरी उद्योग वाणिज्य संघले पनि आफ्नो कार्यालयमा डेंगु संक्रमित बिरामीको उपचारलाई सहज बनाउन कार्यालयमै अस्थायी क्लिनिक सञ्चालन गरी उपचार सेवा सञ्चालन गरेको वरिष्ठ उपाध्यक्ष गोपाल श्रेष्ठले बताए। संघका सदस्य शैलेश आचार्यले वाणिज्य संघको हलमा दैनिक ५० जना बिरामीको निःशुल्क उपचार गर्ने गरी व्यवस्थापन गरिएको जानकारी दिए। 

धरानका अधिकांश घरका सबै परिवार डेंगुबाट संक्रमित  छन्। दैनिक डेंगु संक्रमितको संख्या बढिरहेको अवस्थामा समेत धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणको ठोस पहल गर्न नसकेको स्थानीयको गुनासो छ। धरानमा ३० हजारभन्दा बढी सर्वसाधारण डेंगु संक्रमित छन्। प्रत्येक घरमा सबैजसो परिवारलाई डेंगु संक्रमणले थला पारेको धरान–१६ का भुपाल साम्पाङ राईले बताए। उनले धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रण नगर्दा आफ्नो परिवारका सबै सदस्य डेंगुबाट पीडित हुनु परेको बताए। 

डेंगु संक्रमित बिरामीको संख्या वृद्धि भएपछि बीपी प्रतिष्ठानले छुट्टै डेंगु अस्पताल सञ्चालन गरी उपचारलाई सहज बनाएको प्रतिष्ठानका उपकुलपती प्रा.डा. प्रल्हाद कार्कीले बताए। उनले प्रतिष्ठानको आकस्मिक कक्ष र मेडिसन वार्डमा पनि डेंगु संक्रमित बिरामी भर्ना गरी उपचारलाई सहज पारिएको बताए। धरानमा दैनिक ५ सय बिरामी डेंगु संक्रमणबाट पीडित हुने गरेका छन्। 

तर, उपमहानगरपालिकाले डेंगु संक्रमितको एकिन संख्यासमेत पत्ता लगाउन सकेको छैन। उपमहानगरले बीपी प्रतिष्ठानमा परीक्षण गरेर संक्रमित हुनेहरूको संख्यालाई आधार मानेर संक्रमितको संख्या उल्लेख गर्ने गरेको छ। तर, विजयपुर अस्पताल र धरानका ५० भन्दा बढी निजी मेडिकलहरूमा परीक्षण गरेका डेंगु संक्रमितहरूको तथ्यांक उपमहानगरले संकलन गर्न सकेको छैन। 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले डेंगु संक्रमित लामखुट्टे मार्न र लार्भा नष्ट गर्न प्रत्येक टोल टोलमा जनशक्ति परिचालन गरिएको भए पनि डेंगु नियन्त्रण गर्न नसकिएको बताए। उनले सबै नीजि मेडिकल र अस्पतालहरूमा भएका संक्रमितहरूको संख्या माग गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.