लुम्बिनी बौद्ध र काठमाडौं विश्वविद्यालयले सुरु गरे संयुक्त डिग्री

लुम्बिनी बौद्ध र काठमाडौं विश्वविद्यालयले सुरु गरे संयुक्त डिग्री

बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले संयुक्त रुपमा स्नातक तहमा हस्पिटालिटी एण्ड टुरिजम विषय अध्यापन गर्ने भएका छन्। 

संयुक्त डिग्री सञ्चालन गर्ने योजनासहित दुई विश्वविद्यालयले गत असार २१ गते सहकार्य सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति डा तिलकराम आचार्यले गरेको सम्झौता अनुरुप चालु शैक्षिक सत्रबाट स्नातक तहमा हस्पिटालिटी एण्ड टुरिजम विषयमा भर्ना लिइने भएको हो। 

शैक्षिक कार्यक्रम लुम्बिनी बौद्ध विश्वविद्यालयको आंगिक क्याम्पस सिटी क्याम्पस बुटवलमा हुनेछ। प्राध्यापक, विद्यार्थी आदानप्रदानका कार्यक्रमहरू दुई विश्वविद्यालयबीच हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति आचार्यले जानकारी दिए।

संयुक्त डिग्री सञ्चालनको विषय शुक्रबार रुपन्देहीको मणिग्राममा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो। 

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन डा हरिशरण चखुं र काठमाडौं विश्वविद्यालय टुरिजम विषय समितिका अध्यक्ष उज्ज्वल सत्यालले शैक्षिक कार्यक्रमको नाम घोषणा गरेका थिए।

राज्यमन्त्री प्रमिला कुमारीले पर्यटन विषयमा दक्ष जनशक्ति उत्पादनका लागि दुई विश्वविद्यालयले सुरु  गरेको शैक्षिक कार्यक्रम उच्च शिक्षाको विकास कोशेढुंगा सावित हुने बताइन्।  ‘बुद्ध शिक्षा र पर्यटन एक आपसमा परिपुरक छन्, उनले भनिन्, ‘बौद्ध विश्वविद्यालयले पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि शिक्षा क्षेत्रबाट महत्वपूर्ण योगदान गर्नुपर्छ।’

बौद्ध दर्शन र पर्यटनलाई जोडेर शैक्षिक जनशक्ति उत्पादन गर्दा मुलुकको पर्यटन विकासमा ठूलो उपलब्धी हासिल हुने उनले बताइन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.