कात्तिकसम्म सबै कमिटीलाई लेखा परीक्षण गराउन एमालेको निर्देशन

कात्तिकसम्म सबै कमिटीलाई लेखा परीक्षण गराउन एमालेको निर्देशन
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले पार्टीका सबै कमिटीलाई  आगामी कात्तिक मसान्तसम्ममा अनिवार्य लेखा परीक्षण गराउन निर्देशन दिएको छ। दोलखामा सम्पन्न केन्द्रीय लेखा आयोगको सातौं पूर्ण बैठकले मातहतका सबै कमिटीलाई आर्थिक वर्ष २०७९/८० सम्मको लेखा परीक्षण आयोगमार्फत अनिवार्यरूपमा गराउन निर्देशन दिएको हो।

आयोगका अध्यक्ष डा पुष्प कँडेलका अनुसार पार्टी कमिटीले आर्थिक हिसाबको लेखा व्यवस्थित गराई वित्तीय विवरण तयार गरी कमिटीबाट पारित र आयोगमार्फत अनिवार्यरूपमा लेखापरीक्षण गराउन निर्देशन दिइएको छ। उनका अनुसार बैठकले यथाशीघ्र पार्टीका प्रदेश तहका कमिटीहरूको लेखापरीक्षण सम्पन्न गरी प्रदेश अधिवेशनमा आयोगको तर्फबाट प्रतिवेदन पेश गर्ने, आगामी दिनमा सबै पार्टी कमिटी र जनसंगठनहरूले अनिवार्य रुपमा लेखा आयोगले निर्धारण गरेको ढाँचामा लेखा राख्नुपर्ने, सबै पार्टी कमिटीले आर्थिक वर्ष २०७९/०८० सम्मको आर्थिक हिसाबको लेखा व्यवस्थित गराई वित्तीय विवरणहरु तयार गरी कमिटीबाट पारित गराउने र आयोगमार्फत आगामी कार्तिक मसान्तसम्ममा अनिवार्यरूपमा लेखापरीक्षण गराइसक्न निर्देशन दिने निर्णय गरेको छ।

बैठकले पार्टी केन्द्रीय कोषको आन्तरिक लेखा परीक्षण र आर्थिक बर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण सम्पन्न गर्ने, पार्टी स्कुल विभागसँग आवश्यक समन्वय गरी प्रदेश तहमा लेखा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गर्ने, पार्टीको स्थिर सम्पत्तिको अभिलेख तयार गर्ने र उत्कृष्ट आर्थिक कारोवार र लेखा व्यवस्थापन गर्ने जिल्ला/प्रदेश घोषणा गर्ने, लेखा निर्देशिका, लेखा ढाँचा र लेखा परीक्षण प्रतिवेदनको ढाँचामा आवश्यक परिमार्जन गर्ने निर्णय गरेको छ। 

बैठकमा आयोगका अध्यक्ष कँडेलले पार्टी केन्द्रीय कमिटीको पाचौं बैठकका निर्णयहरू कार्यान्वयनको अवस्था, समसामयिक राजनीतिक परिस्थिति, आर्थिक सवालमा पार्टीले गर्नुपर्ने कामहरू, आयोगले सञ्चालन गरेको लेखा अनुगमन अभियानमा देखिएका मूल प्रवृत्तिहरू र आगामी दिनमा आयोगले गर्नुपर्ने कामका बारेमा बैठकलाईमार्गदर्शनसहितको जानकारी गराएका थिए।

बैठकमा पार्टीको केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले लेखा व्यवस्थापनका सन्दर्भमा पार्टीको तर्फबाट गर्नुपर्ने कामका साथै आयोग र संगठन विभागबीचको अन्तरसम्बन्धबारे विचार व्यक्त गरे। 


 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.