एकीकृत समाजवादीकी वैकल्पिक केन्द्रीय सदस्य एमालेमा प्रवेश

एकीकृत समाजवादीकी वैकल्पिक केन्द्रीय सदस्य एमालेमा प्रवेश
सुन्नुहोस्

 काठमाडौं : नेकपा एकीकृत समाजवादीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर एमालेमा प्रवेश गरेकी छन्। शनिबार बिहान बालकोटमा एमाले अध्यक्ष केपीशर्मा ओलीले उनलाई पार्टी प्रवेश गराएका हुन्। 

null

पछिल्लो समयमा एकीकृत समाजवादीबाट नेता तथा कार्यकर्ता एमालेमा फर्किन थालेका छन्। पार्टी र आफ्नो राजनीतिक भविष्यमाथि प्रश्न चिह्न खडा गर्दै पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरूले नै पार्टी परित्याग गरी पुरानै दल नेकपा (एमाले)मा फर्कने लहर चलेको हो।  

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षसहित ३० जना केन्द्रीय सदस्य र १३ जिल्लाभन्दा बढीका जिल्ला अध्यक्ष पुन: एमालेमै समाहित भएका छन्।

एमालेबाट छुट्टिएर एक वर्षअघि पार्टी गठन गरेका नेपालले नयाँ पार्टी बनाउनुपर्नेमा नेता कार्यकर्तालाई ओचित्य पुष्टि नगरी समाजवादी मोर्चामार्फत माओवादीमा मिलाउन लागिएको भन्दै असन्तुष्टि बढेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.