पहिलो दिनमै घोराही सिमेन्टको नकारात्मक सर्किट

सेयर बजारमा १४ अंकले वृद्धि, कारोबार रकम ३ अर्ब नाघ्यो

सेयर बजारमा १४ अंकले वृद्धि, कारोबार रकम ३ अर्ब नाघ्यो

काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स  ३.९१ अंकले बढेर ३९८.०७ विन्दुमा पुगेको छ। यसदिन २७१ कम्पनीको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँमा खरिदबिक्री भयो।

आज दुई कम्पनीको मुल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्री स्टार हाइड्रोपावरको १० र अपर स्यांगी हाइड्रोपावरको ९.९८ प्रतिशतले मूल्य बढेको हो।

यसैगरी माउन्टेन इनर्जी नेपालको ९.७४ प्रतिशतले सेयर मूल्य बढ्यो। आज घोराही सिमेन्ट इन्डस्ट्रीको सेयर मूल्य ९.९९ प्रतिशतले घट्यो। आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबारमा आएको घोराही सिमेन्टको मूल्य पहिलो दिनमै ओरालो लागेको हो।
 
कारोबारमा  आएका १३ उपसमूहमध्ये ४ बाहेक अन्य सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। फाइनान्स,मनु एन्ड प्रो,माइक्रोफाइनान्स र अदर्श उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

यसदिन १०० कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो। पाँच कम्पनीको मूल्य भने स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.