कर्णालीमा बढे डेंगुका बिरामी

कर्णालीमा बढे डेंगुका बिरामी

सुर्खेत : डेंगुको संक्रमण विस्तारै कर्णालीका पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेको हो। कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार हिमाली जिल्ला जुम्लामा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमण देखिएको छ। यस्तै पहाडी जिल्लाहरूमा पनि यसको संक्रमण बढ्दो क्रममा रहेको छ। 

निर्देशनालयका अनुसार चालु आर्थिक वर्षको सुरुवातसँगै कर्णालीमा हालसम्म २२ जनामा डेंगुको संक्रमण भएको छ। जसमा प्रदेश राजधानी सुर्खेतमा मात्र १३ जनामा डेंगुको संक्रमण देखिएको छ। 

यस्तै जुम्लामा ४ जनामा डेंगु संक्रमण भएको छ। त्यसैगरी रुकुमपश्चिममा २ जना, दैलेख, सल्यान र कालीकोटमा एक/एक जनामा संक्रमण देखिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

हिमालमा बढ्दै गएको तापक्रमण र विकास भएको सडक सञ्जालका कारण सवारी साधनसँगै हिमालमा पनि कीटजन्य रोग देखिन थालेको स्वास्थ्यकर्मीको भनाइ छ। ‘हिमालमा गाडीको आवतजावत भएसँगै लामखुट्टे पनि पुगे’ स्वास्थ्य शिक्षा अधिकृत कँडेल भन्छन्, ‘विस्तारै कीटजन्य रोगहरू पनि हिमाल चड्न थाले, हिमाली जिल्लाहरूमा पनि डेंगु फैलिन थाल्यो।’ बदलिदो मौसमका कारण कर्णालीका प्रायः जिल्लाहरूमा डेंगुको संक्रमण फैलिदो क्रममा रहेको उनको भनाइ छ।

कर्णालीमा हालसम्म डेंगुको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। तर संक्रमणको जोखिम भने धेरै रहेको निर्देशनालयले जनाएको छ। भदौ र असोजसम्म यसको जोखिम धेरै हुने भएकाले पनि संक्रमितको संख्या धेरै बढ्न सक्ने अनुमान गरिएको छ। 

डेंगुको संक्रमण महामारीको रुपमा फैलिने जोखिम बढेपछि स्वास्थ्य सेवा निर्देशनालयले स्थानीय तह र जिल्लामा रहेका स्वास्थ्य कार्यालहरूसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरिएको जनाएको छ। स्वास्थ्य शिक्षा अधिकृत कँडेलले भने,‘डेंगुको संक्रमण रोक्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो, त्यसकारण पनि हामीले अहिले लार्भा खोज र नष्ट गर अभियान थालेका छौं।’

गत वर्ष कर्णालीमा एकहजार ६९५ जनामा डेंगुको संक्रमण भएको थियो। त्यसमा एक हजार पाँच सय ५३ जना सुर्खेतका थिए। डेंगुको संक्रमण र यसको सम्भावित जोखिम न्यूनीकरणका लागि निर्देशनालयले लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान थालेको हो। 

जसअन्तर्गत हरेक टोलमा पुगेर सचेतना फैलाउने, लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने भएकाले पानी जम्ने त्यस्ता खाल्डाखुल्डी पुर्ने अभियान सुरु गरिएको कँडेल बताउँछन्। 

डेंगु सुरुवा रोग नभए पनि यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ। डेंगुको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.