संस्कृत विश्वविद्यालयका कुलसचिवलाई विद्यार्थीले तीन घण्टा थुने

संस्कृत विश्वविद्यालयका कुलसचिवलाई विद्यार्थीले तीन घण्टा थुने
सुन्नुहोस्

दाङ :  नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी ३ घन्टा आफ्नै कार्यकक्षमा थुनिएका छन्। 

शैक्षिक गतिविधि समयमै सञ्चालन गर्न नसकेको र विद्यार्थीहरूका समस्यामा बेखबर बनेको भन्दै केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले आज कुल सचिव अधिकारीलाई आफ्नै कार्यकक्षमा थुनेका थिए। 

४० दिनमा प्रकाशित गर्नुपर्ने परीक्षाफल सबै प्रक्रिया पूरा गरेर पनि प्रकाशित नगरेका कारण आजको आन्दोलन गर्नु परेको स्ववियु सदस्य पारस गिरिले बताए। विद्यार्थीहरू सबै प्रक्रियाका बारेमा जानकार नहुँदा आजको घटना भएको विश्वविद्यालयका कुलसचिव अधिकारीको भनाइ छ। 

आयुर्वेद चिकित्शा तर्फ सातौँ सेमेस्टरको परीक्षाफल परीक्षा सुरु भएको ४० दिनभित्र प्रकाशित गर्नुपर्ने नियम रहेको समयमै परीक्षाफल प्रकाशित नहुँदा प्रयोगात्मक अभ्यासमा विलम्ब भएको स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ। 

स्ववियु र विश्वविद्यालयबीच भएको छलफलमा भदौ १५ गते परीक्षाफल प्रकाशित गर्ने सहमति भएको छ। २ महिनाअघि विश्वविद्यालयका ३ स्थानमा लागेको ताला खुलेको एक हप्ता नहुँदै आज फेरि विश्वविद्यालयमा यो घटना भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.