उमेरले छेकेन पढ्ने धोको : ५० वर्षमा १२ कक्षा उत्तीर्ण

उमेरले छेकेन पढ्ने धोको : ५० वर्षमा १२ कक्षा उत्तीर्ण
सुन्नुहोस्

दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिका-३ मेहेलतोली गाउँकी ५० वर्षीया जगतकुमारी बिसी खड्काले कक्षा १२ पास गरेकी छन्। 

जाजरकोटको छेडागाड नगरपालिका-४ स्थित रामोदय मावि भर्ना भएकी उनी २.७७ जीपीएसहित विद्यालय तहको अन्तिम परीक्षा उत्तीर्ण गरेकी हुन्। राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको नतिजामा उत्तीर्ण भएसँगै उनलाई बधाई दिनेहरूको ओइरो लागेको छ। 

२०३० वैशाख २५ गते भगवतीमाई गाउँपालिका-४ जगनाथमा जन्मिएकी जगतकुमारीको अध्ययन यात्राको कथा बेग्लै छ। उनले २०४२ सालमा दैलेख जिल्ला सदरमुकामस्थित त्रिभुवन मावि नयाँ बजारबाट ९ कक्षा उत्तीर्ण गरेकी थिइन्। ‘त्यसबेला गाउँमा मावि तह पढाइ हुने विद्यालय थिएनन्, गाउँबाट सदरमुकामसम्म बसेर पढ्ने विद्यार्थी कम हुन्थे, महिलाहरू सदरमुकाममा गएर पढ्न पाउने सम्भव नै थिएन, म एक्लै भएँ, त्यसबेला ९ कक्षा पढेर पढाइ नै छोडे,’ उनी भन्छिन्।

२०४९ सालमा उनको बिहेवारी भयो। मेहेलतोली गाउँका जयबहादुर खड्कासँग विवाह बन्धनमा बाँधिएकी जगतकुमारीले युवा उमेर चुलोचौको, परिवार र सन्तानकै लागि बिताइन्। उनलाई पढाइले उमेरले छेक्दैन भन्ने राम्रोसँग थाहा थियो। पढ्ने हुटहुटी पनि उस्तै। कक्षा ९ उत्तीर्ण गरेको झण्डै २८ वर्षपछि २०७० मा महादेव मावि मतलपाटामा कक्षा १० मा भर्ना भइन्। त्यसबेला एसएलसी परीक्षामा सहभागी भइन्। अनी उत्तीर्ण पनि। 

एसएलसी उत्तीर्ण गरेको झण्डै ८ वर्ष फेरि पढाइमा ब्रेक लाग्यो। २०७८ देखि पढाइलाई पुनः निरन्तरता दिन थालिन्। कक्षा ११ मा भर्ना भई पढ्न सुरु गर्नुको पछाडि अर्को कथा छ। जगतकुमारीका जेठा छोरा पदमराज खड्का रामोदय माविमा जागिरे भए। अंग्रेजी र आईआर विषयमा स्नातकोत्तर गरेका पदमराज शिक्षकका रूपमा जागिरे भएपछि पदमकुमारीको विद्यालय तहको अन्तिम शिक्षा लिने बाटो खुल्यो। 

‘२०७८ देखि रामोदय माविमा अंग्रजी विषय पढाउने गरी म शिक्षक नियुक्त भएँ, त्यसपछि आमाको पढाइलाई पनि निरन्तरता दिनुपर्छ भन्ने योजना बनाए,’ पदमराज भन्छन् ‘उहाँ (आमाले) नियमित कक्षा लिन पाउनुभएन्, आफै शिक्षक भएकाले आमाको पढाइमा घरमै पनि सहयोग गर्थे, अहिले राम्रो अंकसहित उत्तीर्ण भएपछि आमा पनि खुसी हुनुहुन्छ, हामी पनि खुसी छौँ।’

जगतकुमारीका जेठो छोरा पदमराज शिक्षक हुँदा माइलो छोरा महेन्द्र खड्का सहपाठी थिए। उनले २०७० मा माइलो छोरा महेन्द्रसँगै एसएलसी उत्तीर्ण गरेकी थिइन्। जगतकुमारीका माइलो छोरा महेन्द्र हाल भारतीय सेनामा कार्यरत छन्। महेन्द्र ३.१२ जिपिए ल्याएर १२ कक्षा उत्तीर्ण भएका हुन्। ‘कक्षा ११ र १२ पढ्दा जेठो छोरा शिक्षक, माइलो छोरा सहपाठी बन्यो, नियमित कक्षामा उपस्थित हुन त पाइन् तर, यो उमेरमा एउटा छोरा शिक्षक अर्को छोरा सहपाठी थिए भन्न पाउँदा पनि खुसी लाग्छ,’ जगतकुमारीले भनिन्। 

जगतकुमारीका तीन छोरा र तीन छोरीसहित ६ सन्तान छन्। जेठो छोरा पदमराज दुई विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्। उनी भगवतीमाई गाउँपालिका-४ स्थित मनघर कालिका माविमा शिक्षक छन्। 

भारतीय सेनामा कार्यरत माइलो छोरा जगतकुमारीसँगै १२ कक्षा उत्तीर्ण गरे। एसईई उत्तीर्ण गरेको कान्छो छोरा नेपाली सेनामा कार्यरत छन्। छोरीहरू क्रमशः कक्षा ११, बीबीएस दोस्रो वर्ष र ८ मा अध्ययनरत छन्। जगतकुमारीका श्रीमान जयबहादुर गाउँमै समाजसेवामा संलग्न छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.