स्थानीय तहमा बेथिति : एउटा कार्यपालिकाबाट निलम्बित कर्मचारीलाई अर्को कार्यपालिकाबाट जागिर

स्थानीय तहमा बेथिति : एउटा कार्यपालिकाबाट निलम्बित कर्मचारीलाई अर्को कार्यपालिकाबाट जागिर
सुन्नुहोस्

जनकपुरधाम : गौशाला नगरपालिकामा कार्यरत एक कर्मचारीले योजनाको फर्जी फाइल खडा गरी किर्ते हस्ताक्षर गरी दोषि देखिएका व्यक्तिलाई नगरपालिकाले जागिर दिएको रहस्य सार्वजनिक भएको छ। 

गौशाला नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाका स्वकीय सचिव तथा योजना उपशाखामा कार्यरत कम्युटर मो. सिराजुल शेषले योजनाको फर्जी फाइल खडा गरी ७ जना किर्ते हस्ताक्षर गर्नेलाई नगरपालिकाले पुनः कम्प्युटर अपरेटरमा जागिर दिएको हो।

गौशाला नगरपालिका ६ मा हुँदै नभएको योजनाको फाइल तयार पारी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापा, योजना शाखाका प्रमुख तिलक जिम्बा, प्राविधिक शाखाका प्रमुख इन्जिनियर प्रविण सिंह, प्राविधिक शाखाका प्रमुख विपिन कुमार यादवसहित अन्य उपभोक्ता समितिका व्यक्तिहरुको किर्ते हस्ताक्षर गर्ने मो. सिराजुल शेषलाई पुनः ज्यालादारीमा कम्प्युटर अपरेटर (सहायक चौथो) मा नियुक्त गरेको हो। प्रमुख प्रशासकीय अधिकृत शौर्या शाहको हस्ताक्षरमा २०७९ पुस २९ गते वडा नं. ५ को वडा कार्यालयमा कम्प्युटरसम्बन्धी सम्पूर्ण कामकाजको जिम्मेवारीसहित नियुक्त गरिएको भेटिएको हो।

फाइलमा किर्ते दस्तखत तथा फर्जी कागजात तयार गरेको सम्बन्धमा नगरपालिका, नगर कार्यपालिकाको बैठकबाट गठित छानबिन समितिले दोषी ठहर गरेको कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको व्यक्तिलाई उन्मुक्ति दिएर पुनः जागिर दिएको खुलेको हो। घटनाको छानविन गर्न गठित समितिका नगर प्रवक्ता तथा वडाध्यक्ष भोजबहादुर दर्लामीको संयोजकत्वमा वडाध्यक्ष वीरेन्द्र चौधरी र नथुनी राउतको प्रतिवेदनले पदमुक्त गरी मो. सिराजुल शेषलाई कारवाही प्रक्रिया अगाडि बढाउन अख्तियारलाई फाइल बुझाएको थियो। सो फाइल हालः अख्तियारकै नियन्त्रणमा अनुसन्धानमै रहेको स्रोतको भनाइ छ। 

छानविन समितिका संयोजक दर्लामीले अख्तियारले नगरपालिका आएर फाइलहरू बुझेर लगेपनि कारबाहीको प्रक्रिया कति बढे वा नबढेको बारे आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘अहिले फेरि नियुक्ति भएको कुरा मलाई जानकारी छैन। नगर कार्यपालिकाको धेरै निर्णयहरू वा नियुक्तिहरूबारेमा हामीलाई थाहा नै हुँदैन। यसअघि म प्रवक्ता हुँदा सबै कुरा थाहा हुन्थे, तर अहिले वडाध्यक्ष मात्र छु, त्यसैले नगरप्रवक्तालाई सोध्नुस्।’

मो. सिराजुल शेषलेको नियुक्तिमा हस्ताक्षर गरेकी प्रमुख प्रशासकीय अधिकृत शौर्या शाहले गौशाला नगरपालिका, नगर कार्यपालिकाबाट नियुक्त गर्ने भनि निर्णय आएकाले आफुले नियुक्त गरेको बताइन्। उनले भनिन, ‘पहिलेको कार्यपालिकाबाट मो. सिराजुल शेख दोषि ठहर गरेर हटाइएकोसम्म थाहा छ। त्यो मुद्दा दर्ता भएको, चलिरहेको वा अयोग्य ठहरिएको भन्ने इन्फर्मेशन आएको थिएन। अर्को कार्यपालिकाले निर्णय गरिदिएपछि त्यो निर्णयलाई आधार मानेर गरेको हुँ मैले!'

अन्नपूर्णकर्मीको प्रश्नमा एउटा कार्यपालिकाले निर्णय गर्ने र अर्को कार्यपालिकाबाट नियुक्त गर्न मिल्छ भने प्रश्नमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले भने, ‘हामीले अघिल्लो कार्यपालिकाबाट दोषी ठहर भएको मेयर सापलाई जानकारी गराएको भए पनि कार्यपालिकाको निर्देशन आएकाले हामी कर्मचारी भएपछि गर्नैपर्‍यो। सिराजुल शेषको विषयमा मुद्दा अघि बढेको वा नबढेको थाहा नभए, यदि हो भने थाहा भएन। हाम्रो नियममा त भविष्यमा सरकारी नोकरीको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त, अर्को भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त र अर्को सरकारी सेवामा अप्लाई नै गर्न पाउँदैन। त्यस्तो गरेको खण्डमा पछि कतैबाट प्रमाण फेला परेको खण्डमा जब जान्छ। तर तत्कालीन कार्यपालिकाले हटाउने निर्णयमात्र गरेको छ। 

प्रमुख प्रशासकीय अधिकृत शाहले चेक तथा फाइलमा किर्ते दस्तखत तथा फर्जी कागजात समिति गठन हुँदा भर्खर आएका र शाखाको जिम्मेवारी पनि तोकिए नतोकिएको याद नै नरहेको अन्नपूर्णसँग प्रतिक्रिया जनाए। नियुक्त गरिएका मो. सिराजुल शेष निवर्तमान वडाध्यक्ष जलिल शेषका छोरा हुन्। शक्ति र भनसुन र पैरवीका आधारमा नियुक्त गरिएजस्तै योपटक पनि सोर्स फोर्सका आधारमा नियुक्त गरिएको कार्यालयका एक कर्मचारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.