अस्पतालमा सेवा ‘भद्रगोल’

अस्पतालमा सेवा ‘भद्रगोल’
सुन्नुहोस्

चितवन : लामो समयदेखि रिक्त अस्पतालको कार्यकारी निर्देशक नियुक्ति नहुँदा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा भद्रगोल बनेको छ। अस्पतालले दिने सेवा प्रभावित बनेको छ। अस्पतालमा औषधि र दैनिक प्रयोगका सामग्रीको अभाव हुन थालेको छ। अस्पतालमा साढे तीन महिनादेखि कार्यकारी निर्देशकको पद रिक्त छ। मुख्य जिम्मेवार पद नै रिक्त भएपछि उपचार प्रभावित भएको हो। 

विपन्न र बिमाको सेवाअन्तर्गत अस्पतालमा निःशुल्क पाइने औषधि बिरामीले निजीबाट किन्न बाध्य छन्। सरकारले क्यान्सरका बिरामीलाई दिँदै आएको विपन्न सहायता र बिमाको सुविधाबाट वञ्चित छन्। अस्पतालका फार्मेसीमा ९० प्रतिशत औषधि पाइँदैन। फार्मेसीमा औषधि लिन पुगेका बिरामीका आफन्त निजीमा औषधि किन्न जानुपर्ने बाध्यता छ। बुवाको उपचारको लागि पुगेका भरतपुरका हरिहर भुसालले अस्पतालमा ४ सय ३५ को औषधि किनेर ५० हजारको बाहिर किने। उनले भने, ‘पैसा तिरेर औषधि किन्नु परेपछि बिमाको के काम ?’ 

‘कार्यकारी निर्देशक तत्काल चयन नगर्ने हो भने खरिद प्रक्रिया अघि बढ्न सक्दैन,’ अस्पतालका एक कर्मचारीले भने, ‘बाँकी रहेका समान सकिएर सेवा नै पूर्णरूपमा ठप्प हुने अवस्था आउने खतरा छ।’ 

सामान आपूर्तिकर्ताले पुरानो भुक्तानी नपाएका कारण थप सामान उपलब्ध गराएका छैनन्। टेन्डरको सुरुवातदेखि सबै प्रक्रिया पूरा गरेर सामान आउन छिटोमा दुई महिना लाग्छ। टेन्डर आह्वान, मूल्यांकन, आशयपत्र जारी गरेर सम्झौता गरेपछि मात्रै सामान ल्याउने प्रावधान छ। साउनअघि नै पारित हुनुपर्ने चालू वर्षको बजेट नै पारित भएको छैन। अस्पतालको वार्षिक बजेट कार्यकारी निर्देशकले तयार गरेर सञ्चालक समितिबाट स्वीकृत गर्ने प्रावधान छ। स्वीकृत नभए खर्च गर्न नियमावलीले रोक्छ। 

बोर्डले पूर्णता पाएको दुई महिनासम्म पनि कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन। अस्पतालको ऐनअनुसार कार्यकारी निर्देशकको नियुक्ति सञ्चालक समितिले गर्ने व्यवस्था छ। चैत २० गते अस्पतालको अध्यक्षमा डा. विजयराज न्यौपाने नियुक्त भए। असार १९ गते सदस्यको नियुक्तिसँगै सञ्चालक समितिले पूर्णता पायो। त्यसपछि बसेका दुईवटा बैठकले कार्यकारी निर्देशक चयन गर्न सकेन। साउन २ र ९ गते दुई पटक बैठक बसेको थियो। 

अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य र रेडियसन आर्कोलोजिस्ट डा. शिवजी पौडेल कार्यकारी निर्देशकको दौडमा छन्। दुईमध्ये कसलाई बनाउने भन्ने मत बाझिएका कारण निर्णय हुन नसकेको हो। कार्यकारी निर्देशकका लागि सिफारिस समिति गठन गर्नुपर्छ। अहिलेसम्म यो समिति गठन नै भएको छैन। ‘भुक्तानी रोकिएका कारण सामान अभाव हुन लागेको हो। विस्तारै समाधान हुन्छ।’ अध्यक्ष न्यौपानेले भने, ‘अस्पतालमा औषधि र सेवामा सहज होला भन्ने आशा गरेको छु।’ 

गत साउन ९ गते सञ्चालक समितिको बैठकले २०८० वैशाखदेखिको तलब भत्ता, पारिश्रमिकलगायतको भुक्तानी दिन कार्यकारी निर्देशक नियुक्त नभएसम्म आर्थिक प्रशासन सञ्चालन गर्न अध्यक्ष डा. विजयराज न्यौपानेलाई अधिकार दिएको छ। अध्यक्ष न्यौपानेले अधिकार लिए पनि भुक्तानी हुन सकेको छैन। कर्मचारीले साउनको तलब पाएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.