सप्तकोसीले चार घर बगायो, पश्चिम तटबन्धमा खतरा

सप्तकोसीले चार घर बगायो, पश्चिम तटबन्धमा खतरा
सुन्नुहोस्

धरान : सप्तकोसी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को श्रीलंका टापुमा चार घर बगाएको छ । बाढीका कारण यहाँका अन्य ३५ घर परिवार उच्च जोखिममा छन्। 

सप्तकोसीले पश्चिम तटबन्धमा तीब्र कटान गर्न थालेपछि अन्य २ सय घर परिवार बाढीको उच्च चपेटामा परेका हुन्। कोसी नदीमा आएको बाढी मानव बस्तीमा पसेपछि श्रीलंका टापुको चिलिया टोलका विश्वनाथ उराँउ, अजमलाल उराँउ, कलदेवी उराँउ र अर्का कालुदेवी उराँउको घर बगाएको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बताए। उनले बाढीबाट विस्थापित परिवारलाई अस्थायी बसोवासको व्यवस्थासहित सुरक्षित स्थानमा सारिएको बताए। 

nullसप्तकोसीको बाढीले विस्थापित गरेका परिवारलाई राहत वितरण गर्दै रेडक्रस र बराहक्षेत्र नगरपालिकाको टोली। तस्बिर : रत्नप्रसाद आचार्य।

विस्थापित परिवारलाई रेडक्रस र नगरपालिकाबाट लत्ताकपडा र खाद्यान्न वितरण गरिएको छ। पूर्वी पहाडि जिल्लामा परेको अविरल बर्षातका कारण कोसीमा आएको बाढीले झण्डै दुई किलोमिटर चौडाई र १० किलोमिटर लम्बाई क्षेत्रको खेतीयोग्य जमिन र मानव बस्ती बगाएको स्थानीय सन्तोष चद्रबंसिले बताए। भारतले कोसी नदीमा बाढी आएको बेला कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ का ३५ घरपरिवार बाढीको उच्च चपेटामा परेको उनको भनाई छ। श्रीलंका टापुको गरैया र चिलैया क्षेत्रमा बाढीले कटान गरेपछि यहाँका बासिन्दाको सुरक्षा गर्न नेपाल सरकारलाई अनुरोध गरिएको मेयर कार्कीले बताए। 

नेपाल–भारतबीच कोसी सम्झौता गर्दा बाढीबाट विस्तापित परिवारलाई क्षतिको मूल्यांकनको आधारमा भारतले नै क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरेको भएपनि हालसम्म पीडितले क्षतिपूर्ति नपाउँदा ५ हजार घरपरिवार विस्थापित बनेको कोसी पीडित संर्घष समितिका सचिव बाबुराम कार्कीले बताए। उनले कोसीको बाढीबाट उच्च चपेटामा परेका घर परिवारलाई तत्काल सुरक्षित स्थानतर्फ सार्न सरकारसँग माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.