धनगढीको स्वस्तिक अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु, अस्पताल बाहिर नाराबाजी

धनगढीको स्वस्तिक अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु, अस्पताल बाहिर नाराबाजी
सुन्नुहोस्

धनगढी : धनगढीको स्वस्तिक अस्पतालमा पत्थरीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएपछि तनाव भएको छ। मृतकमा आफन्तहरूले अस्पताल बाहिर नाराबाजी गरिरहेका छन् भने उनीहरूले धनगढी–अत्तरिया ६ लेन सडक अवरुद्ध पारेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका-१० शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको सोमबार बिहान अस्पतालमा मृत्यु भएको हो। भदौ ८ गते अस्पताल भर्ना भएका चौधरीको दुवै मृगौलामा पत्थरी रहेको र एउटा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो। 

अस्पतालका युरोलोजिष्ट डाक्टर जोनस तिवारीले चौधरीको दुरबिन प्रविधिबाट मृगौलामा रहेको पत्थरीको शल्यक्रिया गरेका थिए। शल्यक्रिया गरेर पोष्ट अपरेसन वार्डमा राखिएका चौधरीको अवस्था सुरुवातमा ठिकै भए पनि केही घण्टापछि उनको पेटमा रगत जमेको देखिएको थियो। 

‘शल्यक्रिया गरिएको केही घण्टापछि आन्तरिक रक्तश्राव भयो। हामीले पेटमा जमेको रगत निकाल्ने प्रयास गर्‍यौं तर रक्तश्राव रोकिएन। २३ पिन्ट रगत चढाइयो तर पनि बिरामीको अवस्थामा सुधार आएन। त्यो रक्तश्राव मृगौलाबाट भइरहेको थियो। त्यसपछि राति नै हामीले बिरामी जोगाउनका लागि मृगौला पनि निकाल्नु पर्‍यो। तर पनि बिरामीको अवस्थामा सुधार आएन’, डाक्टर तिवारीले भने। उनका अनुसार मृगौलाको पत्थरीको शल्यक्रियाका क्रममा बढी रक्तश्राव भयो भने विश्वव्यापी मान्यताअनुसार मृगौला नै निकालिने गरिन्छ।

उनले मृगौलाको पत्थरीको शल्यक्रिया गर्दा यस्तो कम्प्लिकेशन आयो भने त्यसपछिको विकल्प भनेको मृगौला झिक्ने नै भएको दाबी गरे। उनले बिरामीका आफन्तको सहमति अनुसार नै मृगौला झिकेको बताए। 

तर मृतकका आफन्तहरूले भने शल्यक्रियामा चिकित्सकको कमजोरी रहेको आरोप लगाउँदै अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन्। ‘बुवा घरबाट हिँडेर आउनु भएको हो। पत्थरीको शल्यक्रिया गरियो। शल्यक्रिया सफल भयो भनेर डाक्टर तिवारीले निकालेको पत्थरी पनि देखाउनुभयो, तर त्यसको केही घण्टामा बुवाको पेटमा समस्या भयो। हामीले डाक्टरलाई खबर गर्न भन्यौं, डाक्टर आए र मृगौला नै  झिक्नुपर्छ भने। हामीले पनि मृगौला झिकेर पनि बुवा बाँच्नुहुन्छ भने निकाल्न सहमति गर्‍यौं’ मृतकका छोरा बुद्धिरामले भने, ‘हामीलाई मृगौला झिकेपछि बिरामी बाँच्छ भनिएको थियो।’

मृतकका आफन्तहरूले डाक्टर तिवारीका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने प्रयास गरे पनि प्रहरीले मेडिकल काउन्सिलले हेर्ने भन्दै दर्ता गर्न मानेन। कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले त्यो मुद्दा मेडिकल काउन्सिलले हेर्ने भएकाले काउन्सिलमा जानकारी गराइएको बताए। 

आफन्तहरूले अस्पतालबाट शव उठाउन मानेका छैनन्। उनीहरूले चिकित्सकको लापरबाही भएकाले कारबाहीको माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.