पाल्पा दुर्घटना : मृतक ३ जनाकै सनाखत
![पाल्पा दुर्घटना : मृतक ३ जनाकै सनाखत](https://annapurnapost.prixacdn.net/media/albums/palpa-accident_oPVxcvMMC4_2A8nHmAI3I.jpg)
तानसेन तम्घास सहायक राजमार्गको रिव्दिकोट गाउँपालिका-२ जोर्तेमा ढुङ्गासहितको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा ३ जनाको घटनास्थमै मृत्यु भएको हो।
पाल्पा : पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्य भएको छ भने अन्य ८ जना घाइते भएका छन्। तानसेन तम्घास सहायक राजमार्गको रिव्दिकोट गाउँपालिका-२ जोर्तेमा ढुङ्गासहितको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा ३ जनाको घटनास्थमै मृत्यु भएको हो।
मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका-७ की ५० वर्षीया मनाकला चुदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत अन्दाजी ३२ वर्षीय तानसेन पाल्पाका प्रहरी सहायक हवलदार यमबहादुर गोदार र पोखरा महानगरपालिका-२५ का विनोद तिम्सीना रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएपी विरेन्द्र थापाले जानकारी दिए।
मृतक तिम्सीनाको पर्समा भेटिएको परिचयपत्रको आधारमा पहिना गरिएको डिएसी थापाले बताए। ढुङ्गासहिताको सुख्खा पहिरोले स्कारपियोको पछाडीको भाग क्षतविक्षत भएको छ मृतकहरु समेत पूर्ण रुपमा किचिएका थिए।
तम्घासबाट बुटवलतर्फ जाँदै गरेको जिप बिहान करिव सवा ८ बजेको समयमा पाल्पाको जोर्तेमा पहिरोमा पुरिएको हो। घाइते भएका ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको चालक सकुसल रहेको सूचना अधिकारी थापाले बताए। घाइतेमध्ये एक जनाको बाहेक अन्य ७ जनाको अवस्था समान्य रहेको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटना स्थल पहिरो स्थलमा डिभिजन सडक कार्यालय पाल्पाले राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरी स्तरउन्नती गर्दै आएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)