भान्सा कोठामै सर्पले डसेर ५५ वर्षीया महिलाको मृत्यु
बैतडी : बैतडीमा सर्पका टोकाइबाट एक महिलाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो ।
मंगलबार राती ७:३० बजेको समयमा खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भीर घाइते भएकी घटालको राती १२ बजे मृत्यु भएको स्थानीय एवं पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए ।
सर्पले टोकेर घाइते भएकी घटाललाई झारफुक गर्न बैद्यलाई बोलाइएको थियो । तर झारफुक गरेपछि केहि समय निको भएको महसुस भएको र राती १२ बजेको समयमा मृत्यु भएको स्थानीय एवं स्वास्थ्य स्वयमसेविका पानमती घटालले बताइन् ।
गत साउन २३ गतेराती पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस !