अर्घाखाँचीमा घरमै पुगेर अपांग भएका सुनारलाई नागरिकता प्रदान

अर्घाखाँचीमा घरमै पुगेर अपांग भएका सुनारलाई नागरिकता प्रदान
सुन्नुहोस्

सन्धिखर्क : अर्घाखाँचीको भुमिकास्थान नगरपालिका -८ च्युरामाटीका शारीरिक तथा मानसिक अपांग सुभाष सुनारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ। नागरिकता लिनका लागि सन्धिखर्क आउन शारीरिक तथा आर्थिक अवस्थाले नसक्ने थाहा पाएपछि अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले अपांगता भएका २६ वर्षीय सुनारको घरमै नागरिकता प्रदान गरेका हुन्।  

शारीरिक तथा मानसिक  कमजोर भएका सुभाष बोल्न तथा हिँड्डुल गर्न सक्दैनथे। आमा गुमाएका सुभाषका पिता लालबहादुर पनि प्यारालाइसेसबाट पीडित छन्। जेठी श्रीमती गुमाई कान्छी श्रीमती ल्याएका लालबहादुर आफू अपांग त छँदै छन्, कान्छी श्रीमती पनि सुस्त मनस्थितिकी छन्।

शारीरिक तथा मानसिक अवस्था कमजोर रहेका सुनारलाई नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा आउन समस्या हुने भएपछि उनको घरमै पुगेर नागरिकता प्रदान गरेको प्रजिअ ढकालले बताए। 

जीर्ण बनेको गोठ जस्तै घरमा बसेको उक्त परिवार हाल साहाराविहिन रहेको वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए। अपांगहरुको लागि राज्यले दिने सामाजिक सुरक्षा भत्ताको लागि पनि नागरिकता अनिवार्य हुन्छ। अब अपांग परिचय पत्र बनाउन पनि नागरिकता भएपछि सहज हुने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.