अफ्रिकाको जोहानेसवर्गमा आगलागी, ५२ जनाको मृत्यु

अफ्रिकाको जोहानेसवर्गमा आगलागी, ५२ जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

प्रवक्ता मुलाजीले मृतकको मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्। घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

जोहानेसवर्ग : दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन्।

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाजीका अनुसार हालसम्म ५२ जनाको शव फेला परेको तथा ४३ जना सामान्य घाइते भएका छन्। पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन्। प्रवक्ता मुलाजीले मृतकको मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्। घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ। 

आगो निभाउने प्रयासमा दमकलका कर्मचारी प्रत्येक तलामा परिचानलन भएका छन्। घाइतेलाई अस्पताल पुर्‍याइएको छ। आगलागीको कारण भने खुलेको छैन। केही समयअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ। आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.