प्लान्ट क्वारेन्टाइन कर्मचारीविहीन, सुदूरपश्चिममा खाद्यान्न, तरकारी र फलफूल आयात ठप्प

प्लान्ट क्वारेन्टाइन कर्मचारीविहीन, सुदूरपश्चिममा खाद्यान्न, तरकारी र फलफूल आयात ठप्प
सुन्नुहोस्

धनगढी : दसैंको मुखमै आएर कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय कर्मचारीविहीन भएपछि भारतबाट आउने खाद्यान्न, तरकारी र फलफूलको आयात ठप्प भएको छ । २० दिनदेखि खाद्यान्न, तरकारी र फलफूल नआएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

‘प्लान्ट क्वारेन्टाइनका प्राविधिक कर्मचारी पढाइका लागि बाहिर गएका भन्ने सुनेको छु । प्लान्ट क्वारेन्टाइनले पास नगार्दसम्म भन्सार बनाउन पाइदैन । त्यसैले २० दिनदेखि त्रिनगर नाकाबाट खाद्यान्न, तरकारी र फलफूलको खायात ठप्प भएको छ,' कैलालीको प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले भने ।

प्लान्ट क्वारेन्टाइन कार्यालयले नेपाल आयात हुने खाद्यान्न,तरकारी र फलफूलमा किराजन्य संक्रमण चेकजाँच गर्छ । खाद्य प्रविधिको जाँच गरेपछि प्लान्ट क्वारेन्टाइनले किराजन्य संक्रमणको जाँच गरेपछि मात्रै खाद्यान्न, तरकारी र फलफूलजन्य वस्तु नेपाल भित्रिने गर्छ ।

सुदूरपश्चिमका लागि प्लान्ट क्वारेन्टाइनको मुख्य कार्यालय कञ्चनपुरको गड्डाचौकी नाकामा छ । गड्डाचौकी– बनबासा नाकाबाट सामान आयात गर्नका लागि भारतले शारदा नदीको पुलमा बढी भार भएका मालबाहक साधन आउन दिँदैन । उता नेपालगञ्जको रुपैडिहा नाका भएर आयात गरे प्रदेशको राजश्वमा पनि कमी आउने र खाद्यान्न, तरकारी र फलफूलको मुल्य पनि बढने व्यवसायीहरुले बताएका छन् ।

‘प्लान्ट क्वारेन्टाइनमा २० दिनदेखि प्राविधिक नहुँदा नेपालगञ्जको नाका प्रयोग गर्नुपर्छ । त्यहाँबाट किलोमा १० रुपैयाँ ढुवानी खर्च बढ्छ । दसैंको मुखमा खाद्यान्न, तरकारी र फलफूलजन्य सामानको आयात बढी हुने समयमा सरकारी निकायको यस्तो लापरवाहीले व्यवसायी र उपभोक्ता मारमा परेका छन,'व्यवसायी मनोज अग्रवालले भने ।

कैलाली भन्सार कार्यालयले पनि यस नाकाबाट आयात हुने मुख्य वस्तु नै खाद्यान्न, तरकारी र फलफूल रहेको जनाएको छ । ‘मासिक २० करोडको राजश्व खाद्यान्न, तरकारी र फलफूलजन्य सामानबाट संकलन हुन्छ । तर २० दिनदेखि यी सबैको आयात ठप्प भएको छ । राजश्व उठ्ने कुरै भएन,' प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले भने ।

त्रिनगर नाकाबाट भारत र तेस्रो मुलुकबाट समेत खाद्यान्न, तरकारी र फलफूलजन्य सामानको आयात हुँदै आएको थियो । ‘दसैंको  समयमा तरकारी र फलफूलजन्य पदार्थको मुल्य बढने देखिएको छ । व्यवसायीले नेपालगञ्ज नाकाको प्रयोग गरेर ल्याएपनि उपभोक्ता मर्कामा पर्ने भएका छन्,' कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले भने ।

प्लान्ट क्वारेन्टाइन कार्यालय संघीय सरकारको मातहतको निकाय हो । उद्योगी व्यवसायीहरूले प्रदेशका मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारीसहितका निकायमा क्वारेन्टाइन सञ्चालनको माग गरेका छन् । तर,बन्द भएको लामो समय भएपनि कुनै पहल नभएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले बताए ।

सीमा नाकामा सरकारले प्लान्ट,पशु र खाद्य क्वारेन्टाइन कार्यालय खोलेको छ । प्लान्ट क्वारेन्इईनले खाद्यान्न, तरकारी र फलफूलमा भएको रोग तथा किरा परीक्षण गर्छ । सोही नाकाहुँदै ठूलो परिमाणको तरकारी, फलफूल, चामल, दाल, बदाम, तोरी, पशुआहार, मकै र गहुँ भारत तथा तेस्रो मुलुकबाट समेत आयात हुने गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.