सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले परीक्षा नियन्त्रक र सहायक परीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो । परीक्षा नियन्त्रक देवसिह नाथले १२/१५ जना समाजवादीका नेता कार्यकर्ता कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेको बताए ।

'दुवैजना परीक्षाको आगामी रणनीतिबारे कुराकानी गर्दै थियौं.'परीक्षा नियन्त्रक नाथले भने,'एक्कासी कार्यकक्षमै आएर विद्यार्थीहरुको मुख्य डाटा राख्ने सर्भरसहितको कम्प्युटरमा क्षति गरेका छन् ।'

सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका टेबुल,कुर्सी,दराज र कम्प्युटरमा क्षति पुगेको छ । विद्यार्थीहरूको उत्तरपुस्तिकालगायत परीक्षासम्बन्धी महत्वपूर्ण कागजातमा समेत नोक्सानी पुगेको परीक्षा नियन्त्रक नाथले बताए ।

 'अहिलेकै अवस्थामा परीक्षासम्बन्धी कुनै पनि काम गर्न सकिने अवस्थामा छैन मुख्य कम्प्युटरमा नै क्षति भएको छ,' उनले भने,'कार्यकक्षमा आएर तोडफोड गर्ने विरुद्ध प्रहरीमा निवेदन दिएका छौं।'

एक महिनाअघि  समाजवादी निकट विद्यार्थी संगठनले छैठौं सेमेष्टरको समाजशास्त्र विषयको प्रश्नपत्र गत वर्षकै दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै परीक्षा नियन्त्रक र सह–परीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएको थियो । 

गतसाता स्वतन्त्र विद्यार्थीले परीक्षा नियन्त्रकको कार्यालयमा लगाएको तालाले तोडेका थिए ।  विद्यार्थीले ताला तोडेपछि शुक्रबार त्यसको विरोधमा  समाजवादी निकट विद्यार्थी संगठनले कार्यकक्षमा तोडफोड गरेको हो । समाजवादी निकट विद्यार्थी संगठनले विभिन्न माग राख्दै लामो समयदेखि विश्वविद्यालयमा तालाबन्दी गर्दै आएको छ।

अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सृजना हुनुमा परीक्षा नियन्त्रक नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेबार रहेको जनाएको छ । अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले आफूहरूको संगठनले ताडफोड नगरेको दाबी गरे । 

'हाम्रो संगठनले तोडफोड गरेको छैन,' संयोजक पन्तले भने,'प्रश्नपत्र दोहोरिएको विषयमा हामीले परीक्षा नियन्त्रक र सहनियन्त्रकको कार्यकक्षमा ताला लगाएका थियौं, तिनीहरूका गुन्डाले हाम्रो ताला तोडेको हो ।'

 विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तोडफोड गर्नेमाथि कानुनी कारबाहीको माग अघि सारेको छ।    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.