पेप्सिकोलामा बसले ३ वटा सवारीसाधनलाई ठक्कर दियो
![पेप्सिकोलामा बसले ३ वटा सवारीसाधनलाई ठक्कर दियो](https://annapurnapost.prixacdn.net/media/albums/accident-pepsicola_48Pyi7cSdx_Wsvr08BxkT.jpg)
पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो।
काठमाडौं : पेप्सिकोलामा बसले गुडिरहेका ३ गाडीहरुलाई ठक्कर दिएको छ। पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो।
घाइतेलाई उपचारका लागि मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा लगिएको जनाइएको छ।
दुर्घटना आज बिहान करिब पौने ८ बजेतिर भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)