पेप्सिकोला सवारी दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते

पेप्सिकोला सवारी दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते

काठमाडौं : पेप्सिकोलामा बसले गुडिरहेका ३ वटा सवारी साधनलाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्।  

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार जडिबुटीबाट पेप्सीकोला आउँदै गरेको बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो। 

उनले भने, 'पेप्सिकोलामा बसले गुडिरहेका ३ वटा सवारी साधनलाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्।  घटनाबारे थप अनुसन्धान भइरहेको छ।'

प्रहरीका अनुसार क्षेत्रिय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशा तर्फबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठोकिँदा बा.प्र.०२-०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकलसहित ठोकिई भएको सवारी दुर्घटना भएको हो।

घाइतेलाई उपचारका लागि मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्डलगायतका अस्पतालमा लगिएको जनाइएको छ।

दुर्घटना आज बिहान करिब पौने ८ बजेतिर भएको प्रहरीले जनाएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.