नेपाल-भारतको खेल हेर्न २ बजेपश्चात जनकपुरका विद्यालयमा बिदा
जनकपुरधाम : जनकपुरधाम उप- महानगरपालिकाले नेपाल र भारत बीचको खेललाई मध्यनजर गरि सबै शैक्षिक संस्थाहरूमा आधा दिन बिदा गने निर्णय गरेको हो। एसिया कपलाई मध्यनजर गरी सोमबार दिउँसोदेखि शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ।
एसियाकप अन्तर्गत सोमबार भइरहेको नेपाली टिमको हौसला बढाउन र विद्यार्थीहरूमा खेलप्रति उर्जावान भावना जागृत गर्न दिउँसो २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदाको निर्णय गरेको हो ।
सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय भएको शिक्षा शाखाका प्रमुख मेहीलाल यादवले अन्नपूर्णलाई जानकारी दिए। सूचनामा नेपाल-भारतसङ एसिया कपको दोश्रो खेल ३ बजेदेखि खेलिने भएकाले हाम्रो गौरवशाली टिमको हौसला बढाउन र विद्यार्थीहरूमा खेलप्रति उर्जावान भावना जागृत गराउनका निम्ति आज दिउँसो २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गर्न अनुरोध गरिएको छ ।