सुदूरपश्चिमको राजधानीबारे छिट्टै टुंगो लाग्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिमको राजधानीबारे छिट्टै टुंगो लाग्छ : मुख्यमन्त्री शाह
पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : धनबहादुर भण्डारी
सुन्नुहोस्

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानीका विषयमा छलफल अगाडि बढिसकेको बताएका छन् । मुख्यमन्त्री शाहले कैलालीको गोदावरीमा सम्भव नभए राजधानीका लागि विकल्प खोजिने बताए।

उनले राजधानी स्थापनाका विषयमा गठबन्धनका दलहरुबीच छलफल पनि सुरु गरिसकेको दावी गरे । प्रदेशको नाम परिवर्तनको विषयमा पटकपटक चर्चा हुने गरेको भएपनि तत्काल त्यसको तयारी भने नभएको उनको भनाइ छ। 

नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् । गोदावरीमा राजधानी बनाउने भन्ने दुई तिहाईको निर्णय पनि हो,’मुख्यमन्त्री शाहले भने, ‘विभिन्न कारणले वन मन्त्रालयलगायतले अनुमति दिन नसकिरहेको अवस्था छ । सरोकारवाला मन्त्रालयबाट अनुमति लिएर राजधानी बनाउने प्रक्रियामा हामी जान्छौं । त्यो सम्भव भएन भने विकल्प खोज्नेछौं ।’

मुख्यमन्त्री शाहले कृषि,पर्यटन र उर्जाको क्षेत्रलाई प्राथमिकतामा राखेर सुदूरपश्चिम सरकारले काम गरिरहेको बताए । 

‘सुदूरपश्चिम सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सन्देश दिने गरी काम गरिरहेको छ,’मुख्यमन्त्री शाहले भने । सुदूरपश्चिममा भएका सम्भावनालाई उजागर गर्न निजी क्षेत्रलाई पनि आह्वान गरिसकेको बताउँदै मुख्यमन्त्री शाहले सुदूरपश्चिमको विकासका लागि सरकार सहकार्य गर्न तयार रहेको बताए ।

कृषि क्षेत्रलाई  प्राथमिकता मा राखि अनुदान दिने, विना व्याजमा लगानी गर्ने, ढुवानीमा सहयोग गर्ने जस्ता कार्य अगाडि सारिएको मुख्यमन्त्रीले बताए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.