भारतका सराभनन बने मिस्टर एसिया

नेपाल तेस्रो

भारतका सराभनन बने मिस्टर एसिया
सुन्नुहोस्

च्याम्पियनसिपअन्तर्गत मिस्टर एसियाको उपाधि भारतका सराभनन मनिले जितेका छन्। १० प्रतिस्पर्धीलाई पछि पार्दै मनिले उपाधि जितेका हुन्।

काठमाडौं : ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको टिम च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ। २६० अंक हासिल गर्दै नेपालले तेस्रो स्थान हात पारेको हो। ७९५ अंकका साथ भारत पहिलो र ५९० अंक जोडेको थाइल्यान्ड दोस्रो भयो। महिलामा थाइल्यान्ड पहिलो, भियतनाम दोस्रो र हङकङ तेस्रो भयो। 

च्याम्पियनसिपअन्तर्गत मिस्टर एसियाको उपाधि भारतका सराभनन मनिले जितेका छन्। १० प्रतिस्पर्धीलाई पछि पार्दै मनिले उपाधि जितेका हुन्। शारीरिक सुगठनतर्फको विभिन्न १० तौल समूहका विजेताबीच भएको मिस्टर एसियाको प्रतिस्पर्धामा मनिले शीर्ष उपाधि जितेका हुन्। उनी ९० केजी तौल समूहमा विजेता हुँदै ओभरअल राउन्डमा प्रवेश गरेका थिए।

एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपको पुरुष एथलिट फिजिक १८२ सेमीमा नेपालका विप्लव कार्कीले कांस्य पदक जिते। यस विधामा पहिलो स्थान भारतका रामा सोमाशेखर र दोस्रो स्थान भुटानका टान्डिन वाङचेनले हासिल गरे।

च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण ६ रजत र पाँच कांस्य पदक जित्यो। विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्वीम सुट, रजनी श्रेष्ठले महिला ५५ केजी तौल समूहको शारीरिक सुगठनमा स्वर्ण पदक जितेका थिए। ५५ केजीमा सुरेश दुवाल, ६० केजीमा असिमबाबु गरुङ, ६५ केजीमा मनोज सुवेदी, ७५ केजीमा ललित धिमाल, फिटनेस फिजिकमा राजु राई र मोडल फिजिक्समा तारा खैजुले रजत पदक जितेका थिए। यस्तै ६० केजीमा कमल भण्डारी, ८० केजीमा कृष्णप्रसाद श्रेष्ठ, फिटनेस फिजिक्समा रञ्जित लामा, एथलिट फिजिकमा विप्लव कार्की र एथलेट फिजिकमै निहालमान जोशीले कांस्य पदक जिते।

च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरूले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरेका थिए। च्याम्पियनसिपमा पुरुषमा २८, महिलामा १६ र मिक्स एक गरी ४५ विधामा प्रतिस्पर्धा भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.