प्रसिद्ध जोगेनी जाँत,जहाँ दलित हुन्छन् 'पूजारी' (फोटो फिचर)

प्रसिद्ध जोगेनी जाँत,जहाँ दलित हुन्छन् 'पूजारी' (फोटो फिचर)
जोगेनी जातमा देखिएका केही तस्बिर । तस्बिर : धनबहादुर भण्डारी

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालमा ‘जोगेनी जाँत’ मेला सम्पन्न भएको छ । प्रत्येक तीन वर्षमा हुने ‘जोगेनी जाँत’ बिहीबार सम्पन्न भएको हो । यो जाँतमा मुख्य पुजारी सुनी थरका दलित समुदायका मानिस छन् । हजारौं दर्शनार्थीले मेला भरेका छन् । 

null

यो मेला परापूर्वकालदेखि नै मनाइँदै आइएको हो । सो मेलामा सुदूरपश्चिमका प्रायः सबै जिल्लाबाट भक्तजनहरू आउने गर्दछन् । 

जाँतमा अधिकांशले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिने गर्छन् भने उक्त जात्रामा जातीय भेदभाव हुँदैन । किरियामा बसेका या रजस्वला भएका महिला पनि यो जात्रामा जान पाउँछन् । उक्त जात्रामा सुनी,तिरुवा र सार्की थर भएकाले पूजाआजा र व्यवस्थापन गर्नुपर्छ ।

null

दलित पूजारी हुने यस मेलामा भुतको पुजा गर्ने गरिन्छ । जात्राको दिन तोकिएपछि गाउँबाट सार्की थरका र तिरुवा थरका परिवारले पूजा सामाग्री पोखलो उठाउने काम गर्दछन् ।

उक्त जात्राको दिन बिहानै सबै गाउँलेहरू खाना खाएर आ–आफ्नो देउथलिमा चौलो खेल्छन् । भागेश्वर गाउँपालिकाले मेलाको अवसरमा सार्वजनिक बिदा समेत दिएको  थियो।

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.