फुटबल विवादमा कुटाकुट, तीन जना घाइते

फुटबल विवादमा कुटाकुट, तीन जना घाइते

विराटनगर : फुटबल खेल्ने क्रममा विवाद भएको विषयलाई लिएर मोरङको मिक्लाजुङमा दुई पक्षबीच शुक्रबार राति कुटाकुट भएको छ। 

मिक्लाजुङ गाउँपालिका–८ स्थित खेल मैदानमा फुटबल खेल्ने क्रममा खेलाडीबीच सामान्य विषयलाई लिएर विवाद भएको थियो। विवाद बढ्दै गएपछि राति ८:४० बजेतिर दुई पक्षबीच कुटाकुट भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मिक्लाजुङ–८ का २२ वर्षीय क्षीतिज मुखिया र झापा दमक बस्ने २७ वर्षीय रुद्र कटुवालसहितको समूह र अर्को समूहबीच कुटाकुट भएको हो। घटनामा अर्को समूहका तीन जना घाइते भएका छन्। 

घाइते हुनेमा मिक्लाजुङ–८ का १८ वर्षीय निरज निरौला, १९ वर्षीय नितेश पौडेल र २० वर्षीय विजय पौडेल रहेका छन्। निरौलाको दायाँ हातको पातो खुस्किएको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्य छ। 

स्थानीय मेडिकलमा सम्भव नभएपछि घाइतेहरूलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

उनका अनुसार घटनामा संलग्नमध्ये केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। फरार रहेका केहीको खोजी जारी राखिएको दाहालले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.