अवैध उत्खनन संलग्न सवारीसाधनहरू नियन्त्रणमा
महोत्तरी : महोत्तरीको मरहा नदीबाट अनुगमनका क्रममा अवैध उत्खननमा संलग्न सवारी साधनहरू नियन्त्रणमा लिएको छ। जिल्ला समन्वय समिति महोत्तरीको टोली बिहीबार दिउँसो अनुगमनका लागि उक्त नदीमा पुगेको थियो। जहाँबाट ७ वटा टिपर र ३ वटा स्काईभेटर नियन्त्रणमा लिएको हो।
उक्त सवारी साधनहरू अहिले प्रहरीको नियन्त्रणमा छ। नगरपालिकाको कार्यालय बन्द भइसकेको अवस्थामा ती सवारीहरू प्रहरीमा बुझाएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। पक्राउ परेको सवारी साधनको थप कारबाहीका लागि नगरपालिकाको कार्यालय बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशाला स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !