सिमरामा असोज दोस्रो साता अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने
![सिमरामा असोज दोस्रो साता अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_AnzdufrTzY_zwwjYxdoBZ.jpg)
सिमराः बाराको सिमरामा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको तेस्रो संस्करण असोज पहिलो सातादेखि सुरु हुने भएको छ।आयोजक सिमरा भेट्रान्स क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी असोज ७ गतेदेखि १३ गतेसम्म प्रतियोगिता सुरु हुने जानकारी गराएको हो।
स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजना प्रत्येक वर्ष आयोजना हुने प्रतियोगितामा यस वर्ष बंगलादेश, भारत र नेपालका १२ टिमले सहभागिता जनाउने भएका छन्। सिमरा रंगशालामा आयोजना हुने प्रतियोगितामा बंगलादेश भेट्रान्स क्लब, क्लिबहाउस भेट्रान्स क्लब कलकत्ता, दार्जलिङ भेट्रान्स क्लब, साविक विजेता मोरङ भेट्रान्स क्लब, साविक उपविजेता चितवन भेट्रान्स क्लब, इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा, चाबहिल भेट्रान्स क्लब काठमाडौं, फ्रिडम फाईटर भेट्रान्स क्लब काठमाडौं, वीरगन्ज युथ एकेडेमी, अभिशेक चर्च भेट्रान्स क्लब नवलपरासी, नव जनजागृति भेट्रान्स क्लब सिमरा र आयोजकको सहभागिता रहने संयोजक हरी चौधरीले जानकारी दिए।
‘मधेस प्रदेशको शान, भेट्रान खेलाडीप्रति उच्च सम्मान’ को नारासहित आयोजना हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५५ हजार प्रदान गरिने संयोजक चौधरीले बताए।
विभिन्न संघसंस्थाको सहयोग रहने आयोजक क्लबका अध्यक्ष राजकपुर राउतले जानकारी दिए। प्रतियोगिता आयोजना गर्न करिब २४ लाख ३९ हजार खर्च हुने अनुमान गरिएको राउतले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)