ढुंगाले लागेर एकजनाको मृत्यु

ढुंगाले लागेर एकजनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

डडेल्धुरा : केआईसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोबाट ढुंगा लाग्दा एक युवकको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऎरको ज्यान गएको हो। 

प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म-१ प-८८३० नम्बरको मोटरसाइकल पछाडि सवार ऐरको टाउकोमा शनिबार माथिबाट खसेको ढुंगा लागेका थियो ।

गम्भीर घाइते राकेशलाई उपचारका लागि शनिबार डडेल्धुरा अस्पताल पुगाएको  प्रहरीले जनाएको छ। उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएको हो।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरे पनि आइतबार बिहान बाटोमै मृत्यु भएको हो।

मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.