प्रहरीलाई कुटपिट गर्ने एक जना पक्राउ
काठमाडौं : प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा शनिबार राति प्रहरीलाई नै कुटपिट तथा अभद्र व्यवहार गरेपछि गोरखा आरुघाट गाउँपालिका-४ घर भई हाल काठमाडौं बस्ने ३७ वर्षीय सन्तोष कुमार धमलालाई प्रहरीले पक्राउ गरेको हो।
धमलाउपर अभद्र व्यवहार मुद्दामा म्याद थप भई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !