बगरलाई उर्वर भूमिमा बदल्ने सपना: बिजलपुरामा सम्भावनाको खोजी

बगरलाई उर्वर भूमिमा बदल्ने सपना: बिजलपुरामा सम्भावनाको खोजी
सुन्नुहोस्

महोत्तरी : बर्दिबास नगरपालिका–१२ बिजलपुरामा वर्षौंदेखि बगरमा परिणत हजारौं बिघा नदी उकास जग्गालाई पुनः कृषि योग्य बनाउने उद्देश्यसहित सम्भाव्यता अध्ययन थालिएको छ। बिजलपुरा  रुपान्तरण अभियानको पहलमा स्थानीयवासी तथा सरोकारवालाहरूले बगर क्षेत्रलाई पुनः उत्पादनशील भूमिमा रूपान्तरण गर्ने उपायहरूको खोजी सुरु गरेका हुन्।

स्थानीय प्रमोद महतोका अनुसार विभिन्न कालखण्डमा रातु खोला र भब्सी खोलाको बाढी तथा कटानका कारण ठूलो परिमाणमा कृषि योग्य जमिन बगरमा परिणत भएको थियो। अहिले ती जमिनलाई पुनः खेतीयोग्य बनाउँदै बगरबाट बगैँचा तथा उत्पादनमूलक कृषिक्षेत्रमा रूपान्तरण गर्ने लक्ष्य अघि सारिएको छ ।

चुरे संरक्षण तथा वातावरणीय अभियानमार्फत परिचित सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबासका अध्यक्ष नागदेव यादव सहित स्थानीयको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ। अवलोकनका क्रममा बगर क्षेत्रको अवस्था, माटोको गुणस्तर, सिंचाइको सम्भावना तथा दीर्घकालीन कृषि विकासका विकल्पबारे अध्ययन गरिएको  बिजलपुरा अभियानका संयोजक राजकरण महतोले बताए ।

अभियानमा संलग्नहरूले उचित योजना, प्राविधिक सहयोग र स्थानीय समुदायको सक्रिय सहभागितामार्फत हाल बाँझो र बगरमा परिणत जमिनलाई पुनः हराभरा बनाउने विश्वास व्यक्त गरेका छन्।

स्थानीयवासीले यो अभियान सफल भए बिजलपुराको कृषि उत्पादन वृद्धि हुनुका साथै रोजगारी सिर्जना, वातावरण संरक्षण तथा स्थानीय आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको युवा नेता रमेश महतोले बताए।'बगरलाई उत्पादनशील भूमिमा बदल्ने हाम्रो सपना हो, र यसका लागि सम्भावनाको खोजी सुरु गरेका छौँ,' अभियानमा संलग्न राजकरण महतोले भने ।

अभियानकर्ताहरूले सरकारी निकाय, प्राविधिक विज्ञ तथा विकास साझेदारसँग समन्वय गरी दीर्घकालीन योजना तयार  गरेर बगरलाई बगौचा बनाइदिन अध्यक्ष यादवलाई आग्रह गरेका थिए । सामुहिक प्रयास र उचित व्यवस्थापनबाट बिजलपुराको बगर क्षेत्रलाई पुनः हराभरा र उत्पादनशील बनाउने सपना अवश्य पूरा हुनेमा स्थानीयहरुले विश्वास व्यक्त गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.