डोटीमा अटो दुर्घटनामा एकजनाको मृत्यु

डोटीमा अटो दुर्घटनामा एकजनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

डोटी : डोटीको बडीकेदार गाउँपालिका -१ रुमायल भीरमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सहजपुर बोगटान दिपायल सडकखण्डअन्तर्गत रुमायल  बीपीनगरबाट खड्यौली आउँदै गरेको सुप्र ०१००१ ह ५४०६ नम्बरको अटो आइतबार राति १० बजेतिर दुर्घटना भएको प्रहरी चौकी खड्यौलीका इन्चार्ज भाष्करदत्त पन्तले जानकारी दिएका छन् । 

दुर्घटनामा परि बडीकेदार गाउँपालिका -३ की अन्दाजी ५८ वर्षीय कस्तुरी देवी जेठराको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालक बडीकेदार १ का उत्तम बोहरा सामान्य घाइते भइ प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

घटना के कति कारणले भएको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । अटो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.